वीरगंज ।दिपक चौरसिया । अभियन्ता सम्मेलन २०२० अन्तर्गत अभिय्नता सम्मानको साथ साथै अभियन्ता अवार्ड प्रदान गरिने भएको छ । आज वीरगंजको होटेल कन्ट्री इनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्मानको साथ साथै अवार्ड प्रदान गरिने बताइएको हो ।
पत्रकार सम्मेलनमा भोर संस्थापकका अध्यक्ष राजकुमार महतोले आफनो व्यक्तिगत, पारिवारीक तथा व्यवसायीक जीवन भन्दा माथि उठेर दिन दुःखि, समाज, देश र प्रदेशको विकास, उत्थान र समृद्धिको लागि निःस्वार्थ भावले विभिन्न अभियान तथा सामाजिक सेवा मार्फत गरि राख्नु भएको सेवा भावलाई प्रोत्साहन गर्न विभिन्न २५ विधामा अवार्ड वितरण गरी अभियानी, सेवाभाव तथा परोपकारी सोच र वातावरण लाई सुदृढ गर्न यो अभियन्ता अवार्डको अवधारणा रहेको बताउनु भयो ।
उहाले अब आउने दिनमा अभियन्ता सम्मानको साथ साथै अभियन्ता अवार्ड समेत प्रदान गरिने बताउनु भयो राजकुमार महतो (अध्यक्ष) भोर संस्था अभियन्ता अवार्ड प्रदान गर्दा यस सम्मेलनको लोगो भएको विशिष्टको आकारको ट्रफि, ताम्रपत्र र विषेश खादा र फुलको बुकि प्रदान गरिने भएको छ । प्रत्येक अवार्ड प्रदान गर्ने बेला २ जनाको जोडिले अवार्ड हस्तान्तरण गर्नेछ ।
एक जना सिनेमा÷कला÷साहित्य क्षेत्रको कलाकार वा अन्य क्षेत्रका सेलिब्रिटी र एक जना सरकार, सहयोगी निकाय, राजनीतिक दल, संचार क्षेत्र वा नीजि क्षेत्रको व्यक्तित्व गरी दुई व्यक्ति द्धारा संयूक्त रुपमा प्रत्येक अवार्ड हस्तान्तरण गरिने अध्यक्ष महतोले जानकारी दिनुभयो ।