भारतीय महावाणिज्य दूतावास वीरगन्जमा गणतन्त्र दिवस भव्यतापूर्वक मनाइयो
वीरगंज संजाल
१२ माघ २०७६, आईतवार २२:५१
१०१८३
वीरगंज । बीरगन्जमा रहेको महावाणिज्यदूतवासले आइतबार भारतको ७१ औ गणतन्त्र दिवस भव्यतापूर्वक मनाएको छ । ७१ औं गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावासले बीरगन्जमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको हो । कार्यक्रममा बैलुन उडाएर तथा भारतीय झण्डोतोलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
सो अवसरमा भारतीय राष्ट्रपतिले पठाएको सन्देश भारतीय महावाणिज्य दुतावास बीरगन्जका महावाणिज्यदूत नितेश कुमारले पढेर सुनाउनु भएको थियो । भारतीय राष्ट्रपतिले पठाउनु भएको सन्देशमा भारत र नेपालको मैत्रीपूर्ण सम्बन्ध सदियौ देखि रहि आएको छ र भाषा संस्कृति पराम्परा पारिवारिक सम्बन्धद्वारा बाधिएकोले यसलाई थप बलियो बनाउन र नेपालको लागि शिक्षा स्वास्थ्य भौतिक पुर्वधार विकास र द्विपक्षीय व्यापारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यसैगरी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले विभिन्न नृत्य एवम् सांस्कृतिक कार्यक्रममा सहभागीता भएका छात्र छात्राहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । प्रदेश नं. २ का भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनाल, मन्त्री नवलकिशोर सिंह, कन्सुलर सुरेश कुमार, डा कोटरा स्वामी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, सांसद प्रदिप यादव, प्रदेश सभा सदस्यहरु, नेकपा नेता बसरुद्दिन अंसारी, विभिन्न वडाका वडाअध्यक्षहरु, नेका सुरेन्द्र चौधरी, राजपा नेपालका निजामुदीन समानी लगायत उद्योगी व्यापारी, प्रशासन प्रमुखहरु तथा संचारकर्मीहरु र स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
सो कार्यक्रममा साउथजोन मावि, गौतम मावि, सदाकला केन्द्र रक्सौल, जिएचपी मावि, उमेगल्स स्कुल, दिल्ली पब्लिक स्कुल, दामोदर एकेडेमी, चिल्ड्रेन एकेडेमी, भुतपुर्व सैनिक, डिएभी, मिराकलकिट, ज्ञान्दा एकेडेमी लगायतका स्कुले छाक्रा–छात्रहरुले नृत्य तथा सांस्कृतिक कार्यत्रमहरु प्रस्तुत गरेका थिए ।