बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा र किरण आँखा अस्पताल बीरगंजको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगंज महानगर पालिका वडा नं. ४ स्थित रहेको त्रि जुद्ध मा.वि. विर्ता-४ मा “समुदाय
प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष श्री ग्यासुदिन ठकुराईको अध्यक्षता र वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्र.नि.श्री निर्मल पनेरु ज्यू, को प्रमुख आतिथ्यमा उक्त विधालयका छात्र १६९ र छात्रा १२९ गरि जम्मा २९८ जनाको निःशुल्क आँखा परिक्षण गर्दा ११ जनालाई नजिक तथा टाढ हेर्ने दुरीको समस्या देखिएको र उक्त कार्यक्रममा किरण आँखा
अस्पतालका चिकित्सक सन्तोष यादव, रामबाबु चौरसिया, मन्दिप गिरी, रिधी कुशुवाहा, सलौनी राय र सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष श्रीमति प्रेम कुमारी खत्री, ज्याहुल हक सम्मानी,प्रहरी बिट छपकैया-२ का प्र.स.नि. जन्मेजय यादव, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामाङ्ग, राईजिङ्ग बीरगंज नेपालका अध्यक्ष ,पदाधिकारी र त्रि जुद्ध मा.वि.का. प्रिन्सिपल हरेन्द्र प्रसाद कुर्मी लगायत सम्पुर्ण शिक्षाक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।