काेरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंमा पुन: तीन जना अस्पताल भर्ना
वीरगंज संजाल
१२ माघ २०७६, आईतवार १२:१४
४३५१
काठमाडौं | काेरोना भाइरस संक्रमणको आशंकामा चार जना अस्पताल भर्ना भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार चीनबाट फर्किएका एक नेपालीमा नोबेल कोारेना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीजनजनामा आशंका गरिएको छ ।
कोरोना भाइरसको संक्तमणको आशंकामा दुई जनालाई शुक्रबार काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन् ।
रुघाखोकाी र श्वासप्रश्वासमा समस्या आएपछि पुस २८ गते शुक्रराज अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोारेना भाइरस रहेको पुष्टि भएको थियो ।
चीनको बुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय युवक अस्पतालबाट डिस्चार्ज चभएपनि चिकित्सकको नियमित निगरानीमा राखिएको छ । संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय युव शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका छन् । हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ ।
त्यस्तै, ग्रान्डी अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएका छन् । अर्को एक निजी अस्पतालमा समेत संक्रमण भएको आशंकामा एक जना भर्ना भएका छन् ।
चीनमा कोरोना भाइरसका कारण ५६ को मृत्यु
छिमेकी मुलुक चीनमा भने कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भएको छ । शनिबारसम्म ४१ जनाको मात्रै ज्यान गएको तथ्याङ्क आएपनि आइतबार बिहानसम्ममा ५६ जनाको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरुका अनुसार गएकाे २४ घण्टामा भित्रमा १५ जनाको ज्यान हो । अहिलेसम्म चीनमा २३ हजार ३ सय ४१ जना संक्रमीत रहेको रहेका तथ्याङ्क छ ।
चीनका राष्ट्रपति सीचिङपिङले उनीहरुको उपचारका लागि कुनै पनि कसुर नराख्न सम्बन्धित अधिकारीहरुलाइ निर्देशन दिइसक्नुभएको छ । Nepalpostdaily