जनकपुरधाम | आफ्नै कार्यकक्षमा पत्रकारमाथि कुटपिट गर्ने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध नेपाल पत्रकार महासंघ धनुषा शाखाले जाहेरी दिने भएको छ।
बुधबार पत्रकरहरुसँगको छलफलपछि महासंघले उक्त निर्णय गरेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको रोहबरमा विभिन्न राजनीतिक दलको प्रतिनिधि, उपमहानगरका प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधिको उपस्थितिमा गरिएको ९ बुँदे सहमति कार्यान्वयन नभएपछि साहविरुद्ध जाहेरी दिने निर्णय भएको पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णले जानकारी दिए।
गत पुस २२ गते जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमण सम्बन्धमा समाचार संकलनका लागि गएका पत्रकारमाथि कुटपिट भएको थियो।