गाउँपालिकाको जीप सिक्ने क्रममा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु, तीन जना घाइते
वीरगंज संजाल
८ माघ २०७६, बुधबार ११:५९
५०२७
कावासोती | नवरपरासिको हुप्सेकोट गाउँपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु र दुई जना घाइते भएपछि तनावको अवस्था उत्पन्न भएको छ । दुर्घटना भएपछि त्यसको विरोधमा हुप्सेकोट गाउँपालिका तनावग्रस्त बनेको हो ।
गाउँपालिकाको ग १ झ ३८९ नम्बरको जीपले ठक्कर दिँदा पाँच वर्षीय बालक दीपु गाहाको निधन भएको भने उनी आमा वर्ष २७ मीना गाहा,५५ वर्षीय भीमबहादुर लुङ्गेली र अर्का एक जना घाइते भएका छन् ।
स्थानीयले सवारी चालकलाई पक्राउ गर्नु पर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्वोधन गर्न माग गरेको भए पनि दुवै माग पूरा नभएपनि स्थानीय विरोधमा उत्रिएका हुन् ।
विरोधका बीच कार्यालय समय सकिएर रातको समयमा दुई जना कर्मचारीले कार्यालय खोलेपछि स्थानीयले उनीहरुलाई कार्यालय भित्रै राखेर ताला लगाइदिएको थियो । ताला विहान पख प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।
सिक्ने क्रममा गाडी दुर्घटनामा परेको स्थानीयले आरोप लगाएका छन् ।
हुप्सेकाट गाउँपालिकाका उपाध्यक्ष कोपिला मल्ललाई छाडेर आउने क्रममा गाडी दुर्घटनामा परेको भनेर प्रचार गरिए पनि गाडी सिक्ने क्रममा दुर्घटना भएको स्थानीयले दाबी गरेका छन् ।
गाडी चालक नभएको र गाउँपालिकाका अधिकृत शिव सुवेदीले सिक्ने क्रममा दुर्घटना भएको जनाइएको छ । गाडी दुर्घटनामा परि पाँच वर्षीय बालकको ज्यान गएको छ भने अन्य दुई जना घाइते छन् । गाडी दुर्घटनामा परेपछि सुवेदी भने फरार भएको प्रहरीले जनाएको छ ।nepalpostdaily