प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।
रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुराचारको अभियोगमा राजीनामा दिएको चार महिनापछि सभामुख चयन प्रक्रिया अगाडि बढेको हो ।
सोमवारको प्रतिनिधि सभाको दोस्रो बैठकको निर्देशनअनुसार संघीय संसद् सचिवालयले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । सभामुख निर्वाचितथ नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । गोरखापत्र दैनिकमा खबर छ ।