विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै, यस्तो आयो विश्व प्रतिवेदन
वीरगंज संजाल
७ माघ २०७६, मंगलवार ०६:०५
५१७९
विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै गएका छन्।विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यले बटुलेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
त्यस्तै विश्वका अगुवा २२ धनाढ्य पुरुषसँग अफ्रिकाको सम्पूर्ण २२ करोड ६० लाख महिलाको भन्दा बढी सम्पत्ति छ।
विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेशनलको प्रतिवेदनअनुसार विश्वका दुई हजार एक सय ५३ जना अर्बपतिसँग संसारभरिका चार अर्ब ६० करोड मानिससँग भएको भन्दा बढी सम्पत्ति छ।
स्विट्जरल्यान्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनअघि अक्सफामले सार्वजनिक गरेको असमानतासम्बन्धी वार्षीक प्रतिवेदनले यस वर्ष आर्थिक असमानता अझ फराकिलो भएको देखाएको छ।
अक्सफामको प्रतिवेदनमा विश्वका शीर्ष एक प्रतिशत धनाढ्यसँग अन्य ६ अर्ब ९० करोड मानिससँग भएकोभन्दा दोब्बर सम्पत्ति रहेको छ।
प्रतिवेदनले यस्तो विकराल आर्थिक असमानताको लागि लैँगिक विभेद जिम्मेवार रहेको उल्लेख गरेको छ