ठगी मुद्दामा नेकपा प्रदेश सदस्य बैठा प्रहरी नियन्त्रणमा
वीरगंज संजाल
६ माघ २०७६, सोमबार १५:५०
४७०५
वीरगंज | ठगि मुद्दामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठा प्रहरी नियन्त्रणमा परेका छन् । असई बनाईदिन भनि रु ७ लाख घुस लिएकाे आराेपमा बैठालाई नियन्त्रणमा लिइएकाे पर्साका प्रहरी उपरिक्षक समाेन्द्र सिंह राठाैरले वताए ।
उनले भने “२०७२ साल मै राैतहटकाे माैलापुर नगरपालिका वडा नं. ७, सगैया निवासी प्रदिप कुमार साहलाई प्रहरी सहायक निरिक्षक (असई) पदमा जागरि लगाइदिने भनि बैठाले रु ७ लाख घुस लिएकाे आराेपमा २ महिना पहिला नै मुद्दा दर्ता भएकाे थियाे । साेही मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ ।”
प्रहरीले ३ जना माथी ठगी मुद्दा दर्ता गरेका थिए । जस मध्येका २ जना पक्राउ परी केही दिन पहिला नै अदालतकाे आदेश अनुसार धराैटीमा रिहा भइसकेका छन् ।जुन मुद्दा प्रमुख अभियुक्त मानिएका पाेखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी बैठा साेमबार आफै जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएकाे प्रहरी उपरिक्षक राठाैरले वताए । nepalpostdaily