• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    आलम प्रकरण : मुद्दा नै अर्को जिल्लामा सार्न सरकारी वकिलको माग

  • वीरगंज संजाल
  • ६ माघ २०७६, सोमबार १५:४६
  • ९११३

    वीरगंज | इँटाभट्टामा २३ भन्दा धेरै मानिसलाई जिउँदै जलाएको आरोपमा कारागार पुगेका कांग्रेस नेता मोहम्मद अफ्ताव आलम र जिल्ला सरकारी वकिलले छुट्टाछुट्टै रिट निवेदन हालेपछि मुद्दामाथिको सुनुवाइ एकसाता पर धेकेलिएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थुनिएका आलमले आफूलाई साधारण तारेखमा छाड्न रौतहट जिल्ला अदालतमा रिट दायर गरेका छन्।

    यस्तै, आलम पक्षले आतंक मच्चाउने जोखिम भएपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा रहेको मुद्दा पर्सा जिल्ला अदालतमा सार्न पाउनुपर्ने भन्दै अर्को रिट दायर गरेको छ। दुवै पक्षबाट फरक-फरक रिट दायर भएपछि मुद्दामाथिको सुनुवाई एक साताका लागि सारिएको हो।

    जिल्ला अदालत रौतहटले थुनामा राख्‍न दिएको आदेश बेठीक रहेको भन्दै आलमका वकिलले साधारण तारेखमा बस्न पाउनुपर्ने मागसहितको निवेदनको पेशीमाथि पनि सोमबार नै सुनुवाइ तोकिएको थियो। जिल्ला सरकारी वकिल कार्यालय वीरगञ्जले हालेको रिटउपर पनि आज नै सुनुवाइ हुने भनिएको थियो। यसअघि पुस १७ गते न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलाशले दुवै रिट निवेदनउपर आज (सोमबार) का लागि पेशी तोकेको थियो।

    तर आलम पक्षको वकिलले मुद्दा सार्न निवेदन दिएपछि सुनुवाई आगामी बिहीबारसम्मका लागि सरेको हो। उच्च सरकारी वकिल कार्यालय विरगञ्जले रौतहट जिल्ला अदालतमा आलमको मुद्दा अघि बढाउँदा जाहेरीवालासहितका साक्षीहरुलाई आलमले प्रभावित पार्ने, प्रमाणहरु नष्ट गर्नसक्ने र निष्पक्ष सुनवाइ नहुने भन्दै उच्च अदालत वीरगञ्जको अस्थायी इजलासमा अर्को रिट निवेदन दिएका हुन्।

    ‘रौतहट जिल्ला अदालतबाट मुद्दा सार्न स्वीकृति दिने या नदिने र आलमलाई तारेखमा राखेर कारवाही गर्ने या थुनामै राखेर कारवाही अगाडी बढाउने भन्‍ने निर्णय एकै दिन हुने गरी पेश्की तोकिएको हो,’ उच्च अदालत जनकपुरका मुख्य न्यायधीश दिल्लीराज आचार्यले भने, ‘आलमपक्षका वकिलले मुद्दा सारीपाऊँ भनी निवेदन दिएकोले सुनुवाई आगामी बिहीबारका लागि सारिएको हो।’ नारायणसिंह राजपुतसमेतको जाहेरीमा वादी नेपाल सरकारले मोहम्मद अफताव आलमसहित ११ जनाविरुद्ध दायर गरेको मुद्दाको बाँकी बहस कहाँबाट गर्ने भन्‍ने विषयमा उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जले अन्तिम टुंगो लगाउनेछ।

    सरकारी वकिल कार्यालय वीरगञ्जका सह-न्यायाधीवक्ता कृष्णमोहन कोइरालाले मुद्दाका साक्षीहरुलाई आलम पक्षबाट धम्की आइरहेको बताए। ‘अझै पनि साक्षीहरुले अप्रत्यक्ष रुपमा धम्की आइरहेको छ भन्‍नुभएको छ,’ कोइरालाले भने, ‘आलम पक्षले मुद्दाका प्रमाणहरुलाई नष्ट पार्छन् कि भन्‍ने अर्को चिन्ताको विषय भएकाले रौतहट जिल्ला अदालतमा विचाराधीन मुद्दा पर्सा जिल्ला अदालतमा सारीपाऊँ भन्‍ने हाम्रो मागदाबी हो।’ यसअघि पुस १७ गते भएको बहसमा निवेदक सरकारी वकिलका पक्षवाट सह-न्यायधीवक्ता कोइराला, उप-न्यायधीवक्ता रुद्रराज पन्थी एवम् मुहम्मद मुन्‍नाले रौतहट जिल्ला अदालतमा विचाराधिन मुद्दा पर्सा जिल्ला अदालतमा सारी हेर्ने व्यवस्थाका लागि स्वीकृति मागेका थिए।

    यस्तै, पीडित जाहेरवाला नारायणप्रसाद राजपुतको तर्फवाट अधिवक्ता पुष्पराज पौडेल र दीपेन्द्र ढकालले जाहेरवालासहित साक्षीहरुको सुरक्षा हुने र न्यायिक निष्पक्षता कायम रहने सम्बन्धमा वादी नेपाल सरकारले वस्तुगत अवस्था देखाउन नसकेको दाबीसहित बहस गरेका थिए। मुद्दाका प्रतिवादी मोहम्मद अफताव आलमको तर्फबाट अभिवक्ता यदुनाथ खनाल, विनय सिंह, सुधीरकुमार कर्णसहित १२ जना वकिलहरुले आलम रौतहट जिल्लाबाट विस्थापित भई नख्खु कारागारमा रहेको अवस्थामा निजबाट हुने क्रियाकलापबाट न्यायिक निष्पक्षतामा असर नपर्ने दाबी गर्दै आदेश जारी नगर्न बहस गरेका थिए।

    नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका अफताव आलम हाल कर्तव्य ज्यान मुद्दामा दुई महिनादेखि नख्खु कारागारमा छन्।पूर्वमन्त्री आलमलाई पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरदवामा बम विष्फोट गराई घाइतेहरुलाई जिउँदै इँट्टा भट्टामा जलाएको आरोपमा गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो।nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु
  • राजावादीले सुरु गरे धर्ना
  • राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    News

    राजावादीले सुरु गरे धर्ना

    News

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    News

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑