लंगडी स्थित बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ, फेला परे सामान
वीरगंज संजाल
६ माघ २०७६, सोमबार १२:३७
४८४५
वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ४ लंगडीकाे एक बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ परेका छन् । ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा भएकाे चाेरी आराेपमा धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरिया निवासी १८ बर्षिय धनेश साह कानु र साेही ठाउँ निवासी १७ बर्षिय मत्रिका साह कानुलाई प्रहरीले पक्राउ गरेकाे छ ।
चाेरीमा संलग्न अर्काे एक जना साेही ठाउँ निवासी राहुल पटेल फरार रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । उनकाे पनि खाेजी तलाश भइरहेकाे र उनी पनि चाडै नै पक्राउ पर्ने प्रहरी निरिक्षक सिंहले वताए ।
पुस १७ गते स्कुलमा रातीकाे समयमा कोहि नभएको माेकाछाेपी स्कुलकाे कार्यालय र लेखा शाखाकाे ताला हेक्सा ब्लेडले काटेर चाेरहरु चाेरी गरेका थिए । स्कुलको कार्यालय कोठामा रहेको डेस्टप ३ थान, सिप्यु २ थान लगायतका सामग्री चाेरहरुले चोरेर लगेका थिए । स्कुलमा रहेकाे सिसिटीभी समेत फुटाई चाेहरुहरुले चाेरी गरेका थिए ।
पक्राउ परेकाहरु प्रहरी समक्ष पाेखरियाबाट हेक्सा ब्लेड किनेर ल्याएर चाेरी गरेकाे व्यान समेत दिएका छन् । चाेरी गर्ने सामानहरु इन्डियमा लगेर बिक्रि गर्ने उनीहरुकाे याेजना रहेकाे पक्राउ परेकाहरु व्यानकाे क्रममा वताएकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय लंगडीले दुबै जनालाई आइतबार पक्राउ गरेकाे हाे । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखी थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक सिंहले वताए ।
यता चाेरीमा संलग्नहरु पक्राउ परे पछि आइतबार राती चाेरी भएका सम्मानहरु फालिएकाे छ । गुलरिया स्थित स्कुलका संचालक सुदिल पटेलकाे घर अगाडी रातीकाे समयमा चाेरी भएका सामानहरु फालिएकाे प्रहरीले जनाएकाे छ ।
चाेरी भएका सामान मध्ये डेस्टप २ थान, सिप्यु एक थान, माउस २ थान, किवाेर्ड एक थान र पावर पल्क २ थान फालिएकाे अवस्थामा आज विहान फेला परेकाे प्रहरी निरिक्षक सिंहले वताए ।
पिडितहरु विहान उठेपछि घर अगाडी सामान देखेपछि प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका घरका सदस्यहरुले नै चाेरीकाे सामानहरु रातीकाे समयमा फालेकाे हुन सक्ने प्रहरी निरिक्षक सिंहले वताए ।kalikatimes