बीरगंजको बसपार्कबाट अनैतिक गतिबिद्धि गर्ने १२ जनालाई पक्राउ गरेको छ
वीरगंज संजाल
५ माघ २०७६, आईतवार १९:१२
६४३९
पर्सा प्रहरीले बीरगंजको बस पार्कदेखि प्रतिमा चौक सम्म रहेको बिभिन्न स-सना चिया पसलको नाममा अनैतिक गतिबिद्धि गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ lवडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी निरीक्षक दिपक साहको नेतृत्वमा खटेको प्रहरीको टोलीले १० महिला र दुई जना पुरुष गरी १२ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिनु भयो l
चिया पसलको नाममा अनैतिक धन्दा हुदैछ भनी स्थानीबासी,बिभिन्न संग संस्था,नागरिक समाजका अगुवा ब्यक्ति तथा बुद्धिजीबीले १० दिन अगाडीनै दिएको निबेदनको आधारमा सर्च अपरेसन गर्दा अनैतिक क्रियाकलापमा संग्लागन रहेका १२ जनालाई पक्राउ गरिएको उहाले बताउनु भयो l
यस्तो रवैया हाम्रो समाजमा रह्यो भने यसको सीधा नकरातमक प्रभाव हाम्रो समाजमा परी समाजनै बिग्रेर जाने समाज परिवर्तन नेपाल पर्साका अध्यक्ष अकलेश साहले चिन्ता ब्यक्त गर्नु भयो l अध्यक्ष साहले यस्ता ठाउको बेलैमा पहिचान गरी हाम्रा समाजबाट छिटै बिस्थापित गर्न आवश्यक देखिएको उहाले बताउनु भयो l
अध्यक्ष साहले यस्तो चिया पसलको नाममा गर्ने अनैतिक क्रिया कलाप रोकिएन भने यसको प्रत्यक्ष वा अप्रत्यक्ष अवसर दिन्हू हाम्रो समाजमा पर्ने भएकाले बढ़ी किशोर किशोरीको भबिष्यलाइ यस्ते दिशातरफ डोर्याउन सकने देखिएको बताउदै उहाले बेलैमा सजक हुन आवश्यक रहेको बताउनु भयो l
समाज परिवर्तन नेपाल पर्साको अध्यक्ष साहले यस्तो कहीकतै अश्लील दृश्य वा अनैतिक क्रियाकलाप देखा परे तुरुनतै संबन्धित नियामा जानाकारी गराई हामी आफ्नो समाजलाइ यस्तो गतिबिद्धिको छायाबाट बाचन सबैमा अनुरोद्ध गर्नु भयो l पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामाँ बुझाईने प्रहरी निरीक्षक साहले बताउनु भयो l