बिरगंज ।ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिता श्री प्रजापिता ब्रह्माबाबाको ५१ औं पुण्य स्मृति दिवसको पावन अवसर पारेर श्रद्धाञ्जली समारोह तथा ३२ दिवसीय अखण्ड योग साधना तपस्या कार्यक्रमको समापन शनिबार सम्पन्न भयो।
ब्रह्माकुमारी रबिना दिदीको अध्यक्षतामा र प्रदेश सभा सदस्य शन्कर प्रसाद चौधरीको प्रमुख आतिथ्य भएको श्रर्दान्जली समारोहमा प्रजापिता ब्रह्माबाबाको तस्वीर र स्मृति चिन्हमा हार्दिक श्रद्धासुमन सहित माल्यार्पण गरे पश्चात् प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नुहुँदै माननीय प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीले प्रजापिता ब्रह्माबाबाले विश्वमा शान्ति र भाईचाराको स्थापनाको लागि गर्नुभएको त्याग र बलिदानीबाट सबैले प्रेरणा ग्रहण गर्नुपर्ने बताउनुहुँदै राजयोगबाट नै विश्वमा शान्ति स्थापना सम्भव हुने बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश सभासद प्रह्लाद गिरीले जसरी ब्रह्माबाबाले एक साधारण गृहस्थ मानव भएर पनि आध्यात्मिकतालाई र योगलाई अपनाएर आज सारा संसारको लागि आदर्श र अमर व्यक्तित्व बन्नु भयो त्यसैगरी हामीले पनि उहाँको पदचिन्हलाई अनुसरण गर्दै सदाचारको सत्य पथमा अग्रसर हुनुपर्नेमा जोड दिनु भयो ।
ब्रह्माकुमारी रविना दिदीले अब समय र संसार दुबै परिवर्तनको संघारमा उभिएको बताउँदै ब्रह्माबाबा समान त्याग, सादगी र आध्यात्मिक जीवनशैलीलाई अपनाएर परमात्माको स्वर्णिम युगको स्थापनाको कार्यमा सहयोगी बन्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका उपसभापति श्रीमती मधु राणा, समाजसेवी उषा शाह, सर्वराष्ट्रिय दैनिकका सम्पादक एवं प्रकाशक महेशचन्द्र गौतम, प्रतीक दैनिकका आर के पटेल, नेपाल टेलिभिजनका नेहाल खान, उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरका अध्यक्ष अजित कुमार भुजेल, नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का, राजधानी दैनिकका तुलसी भन्डारी, वीरगंज न्युज २४ का प्रकाशक अखिलेश साह, सामुदायिक सेवा केन्द्र, छपकैयाका ग्यासुद्दिन ठकुराइ, इ.ज्योति श्रेष्ठ, डा. शोभेन्द्र लाल कर्ण, ॐ शान्ती छपकैया-२ का प्रमुख बेलि दिदि , ब्रह्मकुमार जितेन्द्र , छोटेलाल भाई , लगायत उल्लेखनीय मात्रामा राजयाेगी साधक तथा साधिकाहरूकाे सहभागिता रहेकाे थियाे। कार्यक्रम सन्चालन ब्रह्मकुमार गोबर्धन भाईले र ब्रह्मबाबाको जिवनीबारे ब्रह्मकुमार गोकुल भाईले प्रकाश पार्नु भएको थियो ।