दिलिपको हत्याराहरुलाई हदै सम्मको कारवाही गराउँने मुख्यमन्त्री राउतको भनाई
वीरगंज संजाल
३ माघ २०७६, शुक्रबार १४:०३
४८३९
जनकपुरधाम | गिट्टी बालुवा उत्खन्नको बिरोध गर्दै आएका दिलिप महतोको परिवारसँग प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत गद्दीले भेटघाट गर्दै दोषीलाई कारवाही हुने आश्वासन दिनु भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित दिलिपको घरमा उनको बुवा, आमासित भेटघाट गर्नुभएको हो ।
मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तीहरु माथी हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आप्mनो तर्पmबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दिलिपको बुवा रामजीवन महतोलाई विश्वास दिलाउनुभयो । सो क्रममा मुख्यमन्त्री राउतले दिलिपको तस्वीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
प्रदेश सरकारले यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ । गएको शुक्रबार बालुवा, गिट्टी उत्खनन्को विरोध गरेको रामजीवन महतोको २४ वर्षिय छोरा दिलिप भनिने ओमप्रकाश महतोको रडले घोचि टिपरले किचेर हत्या गरिएको थियो । यसरी अभियन्ताकै हत्या भए पछि सरकारको काम कारवाही माथी गम्भीर प्रश्न खडा भएको छ । Nepalpostdaily