वीरगन्जमा जनचेतना मुलक -याली निकालि भूकम्प दिवस मनाइयो
वीरगंज संजाल
२ माघ २०७६, बिहीबार १५:२६
६३०९
वीरगन्ज | भुकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस वीरगन्जमा पनि मनाइएको छ ।
जिल्ला विपत व्यवस्थापन समिति र सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले भूकम्प दिवसको अवसरमा वीरगन्जमा प्रभातफेरीले निकालिएको हो ।
वीरगन्जको घण्टाघर चौकबाट विभिन्न सरकारी नियका प्रतिनिधि, स्थानिय संघ सस्थाको सहभागितामा निकालिएको प्रभातफेरी नगरपरिक्रममा गरी पुनः घण्टाघर आई कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले नेपाल भूकम्पीय जोखिमको हिसाबले अत्यन्तै संवेदनशील क्षेत्रमा परेकोले यसबाट बच्ने उपायहरु अपनाउनु पर्ने बताए ।
उनले विगतका ठूला विनाशकारी भुकम्पबाट पाठ सिक्दै जोखिम न्यूनिकरण एवं पूर्व तयारीका योजना तथा कार्यक्रमहरुको आवश्यकतालाई समाजका हरेक तह र तप्कामा महसुस गर्न जरुरी रहेको बताए ।
‘भुकम्प आफैले मान्छे मार्दैन तर मानव निर्मित कम्जोर संरचना भत्कदा ठूलो जनधनको क्षति हुन्छ,’ निमित्त प्रजिअ बस्नेतले भने, ‘भूकम्पबाट बच्न भूकम्प रहित घरहरुको संचरना निर्माण गर्नुपर्छ अनि मात्र यसको जोखिमबाट हामी बच्न सक्छौ ।’
नेपालमा भूकम्प हुनुका मुख्य कारण हाम्रो देश नेपाल तिवितियन प्लेट तथा भारतीय प्लेटको जोर्नी माथि अवस्थित हरेको छ । हाम्रो देश भूकम्पीय जोखिममा ११ औं स्थानमा पर्दछ ।
उनले भने, ‘दुई प्लेटहरु एक आपसमा ठोकिदा एक अर्कोतिर धकेलिन्छ जसले गर्दा पृथ्वीभित्र रहेको चट्टानमा चाप उत्पन्न हुने गर्छ र त्यो चाप बढ्दै गएपछि पृथ्वी हल्न गई भूकम्पको उत्पन्न हुन्छ यसले गर्दा भूकम्प रहित निर्माण नभएको भौतिक संरचनाहरु भत्किदा जनधनको क्षति हुन्छ त्यसैले भूकम्प आउनु अगावै सावधानी अपनाउन आवश्यक छ ।’
हरेक १ सय वर्षमा २ मिटरका दरले अर्कोतिर धकेलिदा ठूलो महाभूकम्प उत्पन्न हुन्छ । भूकम्पको विचार नगरी बनाईएको घरहरुमा खर्च बढी लाग्छ तर हाम्रो घर भूकम्प रहित हुँदैन् । उनले कमजोर संरचना बनेका घरहरुको कारणले धेरै क्षतिहरु व्यहोर्नुपर्ने भएकोले बलियो संरचना बनाउनको लागि सिपालु डर्कमी तालिम लिएको वा सम्भव भएको ईन्जिनियरको सर सल्लाहबाट घर बनाउनुपर्छ ।
कोणसभामा सघन शहरी तथा भवन निर्माण कार्यालयका निमित्त आयोजना प्रमुख ईन्जिनियर सदरे आलम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष विरेन्द्र कँडेलले निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष सवेदार प्रसाद यादव लगायतले भूकम्पको जोखिम र यसबाट बच्चे उपाय बारे जानकारी गराएका थिए । the nepal top