काठमाडौँ | नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो ।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा रु ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिए । ‘चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौँ’, उनले भने। ती फोनका सेटलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ। thahakhabar