बिरगंज | नेपाल कलवार कल्याण महासघ काठमाडौंको तेस्रो महाधिवेशन बिरगंज हुने भएको छ । कलवार कल्याण समिती बिरगंजले आयोजना गरेको पत्रकार सम्मेलनमा बिरगंजका अध्यक्ष प्रभु प्रसाद कलवारले यहि माघ ३ गते बिरगंजको नगर सभागृहमा बिहान ११ बजे सुरु हुने र यसको सम्पुर्ण तयारि भैइ सकेको जानकारी गराएका थिए ।
यस महाअधिवेसनमा २३ जिल्लाका ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जना सहभागिता रहने समेत बताए। उदघाटन कार्यक्रमको प्रमुख अतिथिमा छिमेकी भारतका भाजपा बिहारको प्रदेश अध्यक्ष तथा लोकसभा सदस्य माननिय डा. सन्जय कुमार जैसवाल आउने र कार्यक्रमको खर्च कुल चार लाख देखि साढे चार लाख हुने छ ।
प्रत्येक जिल्ला बाट आउनु हुने प्रतिनिधिबाट एक हजार र प्रवेक्षक बाट पाच सय सुल्क लिने र बाकीको आफु सदस्यहरुबाट मिलाएर खर्च गर्ने समेत पत्रकार सम्मेलनमा बताए ।पत्रकार सम्मेलनमा राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद गुप्ता , केन्द्रिय सदस्य हरिकृष्ण जैसवाल , युवा केन्द्रिय सदस्य एवं तयारी समितीको संयोजक मनोज गुप्ता , बिरगंजका अध्यक्ष प्रभु प्रसाद गुप्ताको सहभागिता रहेको थियो ।सहकर्मी सनी चौरसिया ले बाताउनु भयोको छ |