बिरगंज । बालबिवाह न्यूनीकरण तथा रोकथाम सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न धर्मगुरुको उपस्थितिमा बिपत व्यवस्थापन कक्षमा मंगलवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजना तथ पहल नामक सस्थाको सहयोगमा भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बालबिवाहलाई न्यूनीकरण गर्न सबै धर्मगुरु र समुदायहरुबाट सबैको सहयोग र सहकार्य भए प्रहरीलाई पनि काम गर्न सजिलो हुने बताएका थिए ।
हिन्दु धर्मगुरु ज्योतिष सघ केन्द्रिय उपाध्यक्ष पुरुषाेतम दुबे , प्रदेश सचिव ज्योति पन्डित दिलिप कुमार उपाध्याय , ब्रह्माण समाज नेपाल पर्साका अध्यक्ष हरिनारायण मिश्र , नेपाल ज्योतिष परिषद पर्साको अध्यक्ष ज्योति पन्डित सुरेन्द्रनाथ तिवारी , मदर्सा सघ प्रदेश न.२ का अध्यक्ष शशीकपुर मिया , छपकैया -२ यतिमखानाका मौलाना अलि असगर , मदर्सा अर्गनाइजेसन पर्साका अध्यक्ष ईमाम हुसेन , मदर्सा तोहिदुल ईस्लामका सचिव सम्सेद अख्तर , मौलाना जहेरुदिन , बिरगंज गुरुद्वाराका अध्यक्ष अमरजित सिंह ,
क्रिस्चियन सघ पर्साका अध्यक्ष नारायण प्रसाद आचार्य , नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , सन्चारकर्मी रितेश त्रिपाठी , सन्कर आचार्य लगायतकाले अशिक्षित , अज्ञानता , सामाजिक कुरिती र अन्धबिश्वासले गर्दा बालबिवाह बढदै गैइ रहेकोले सबैले यस सम्बन्धमा जनचेतना मुलक कार्यक्रम गरि यसबाट रोक्न सकिने वक्ताहरुको भनाई रहेको थियो । बालबिवाह रोक्नको लागी सबै धर्म गुरु हरुले प्रतिबद्धता व्यक्त गर्दै सामुहिक हस्ताक्षर पनि गरेका थिए ।कार्यक्रम संचालन पहल सस्थाका अध्यक्ष दिलिपराज कार्कीले गर्नु भएको थियो।हाम्रा सहकर्मी सनी चौरसिया ले बाताउनु भयोको छ |