अज्ञात समूहद्वारा काठमाडौंस्थित एनसेलका दुई टावरमा आगजनी, सेवा अवरुद्ध
वीरगंज संजाल
२९ पुष २०७६, मंगलवार ११:०९
४०७१
काठमाडौं । काठमाडौंस्थित दूर संचार सेवा प्रदायक कम्पनी एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।
त्यसैगरी काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको हो। टावर आगजनीपछि उक्त क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।
आगजनीको जिम्मा हालसम्म कसैले लिएको छैन । यद्यपी पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राज्यलाई कर नतिरेको भन्दै एनसेल टावरलाई निशाना बनाउँदै आएको हुँदा यसमा पनि उक्त समूहकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ ।
गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । News 24