• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    माघे संक्रान्तिका दिन देवघाटधाममा पाँचलाख बढी भक्तजन भित्रिदै

  • वीरगंज संजाल
  • २८ पुष २०७६, सोमबार १५:०३
  • ५११५

    तनहुँ |  देवघाटधाममा माघेसंक्रान्ति (मकर संक्रान्ति) नजिकिएसँगै भक्तजनको स्वागतका लागि तयारी गरिरहेको छ। भक्तजनलाई सहज रुपमा आवात-जावात गर्नका निम्ति पुल मर्मत् गरिसकेको छ। हिन्दु धर्मावलम्वीको महत्वपूर्ण पर्वका रुपमा रहेको मकर संक्रान्तिमा देश विदेशबाट समेत दर्शनार्थी आएर कालीगण्डकी र त्रिशुली नदीको संगममा स्नान गरे पुण्य हुने मान्यता रहेको छ।

    माघे संक्रान्ति मेलामा पाँच लाख भक्तजन भित्र्याउने लक्ष्य लिइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष धिरनबाबु घिमिरेले जानकारी दिए। घिमिरेले गत वर्ष चार लाख भक्तजनले दर्शन गरेको बताए। भ्रमण वर्ष २०२० समेत भएको र विदेशी हिन्दु धर्मावलम्वी समेत बढ्ने अपेक्षा उनको छ। उनका अनुसार भक्तजनलाई सहज रुपमा बस्ने व्यवस्थापन गरिएको छ। नदी छेउछाउमा त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाइएको घिमिरेले बताए।

    उनले भने, ‘मेला भर्नका लागि धेरै भक्तजन आउछन्। उनीहरूको सहजताका निम्ति समितिले पुल मर्मत् गरिसकेको छ। यहाँ आउने भक्तजनको संख्या बृद्धि हुने आशा छ।’ मकर संक्रान्तिमा देवघाटधामको कालीगण्की र त्रिशुलीको संगममा स्थान गर्दा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ। समितिले मकर संक्रान्ति मेलाका लागि ८० प्रतिशत तयारी पूरा गरेको छ। मौसम अनुसार यो समय जाडो हुने हुँदा यसलाई सामाजिक सद्भावको आधारमा पनि लिने गरिन्छ।

    यो शास्त्रीय मान्यता पनि हो। यो पर्वमा तिलको विशेष महत्व छ।  गण्डकी प्रदेशबाटै सुरक्षाकर्मी खटाइने देवघाटधाममा भक्तजनको सुरक्षाको लागि सुरक्षाकर्मी पनि बृहत् खटाइनेछ। देवघाट क्षेत्रमा अप्रिय घटना घट्न नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी समेत खटाएको तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रमा प्रदेश तथा जिल्ला गरी सुरक्षित बनाउने गरी सुरक्षाकर्मी खटाइनेछ।

    मैगलबारसम्ममा सबै सुरक्षाकर्मी देवघाटधाम पुगिसक्नेछन्। देवघाटधाममा माघेसंक्रान्ति मेलामा आउने भक्तजनको सुरक्षाका लागि गण्डकी प्रदेशबाट सुरक्षाकर्मी खटाइने भएको छ। मेलामा आउने भक्तजनको व्यवस्थापनमा आवश्यक परे अनुरुपको सुरक्षाकर्मी खटाउने निर्णय भइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। उनका अनुसार जिल्लाबाट प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेको कमाण्डमा ५० जना सुरक्षाकर्मी खटाइनेछ।

    नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी समेत खटाइने भएको सिलवालले बताए। चितवन र नवलपुरबाट समेत सुरक्षाकर्मी व्यवस्थापन हुने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भएको समितिका निवर्तमान अध्यक्ष टंकप्रसाद पौडेलले बताए।  आवात-जावातमा ५० डुंगा भक्तजनको मध्ये नजर गर्दै देवघाट क्षेत्र विकास समितिले आवात-जावातमा सहज बनाउन ५० डुंगाको व्यवस्थापन गरेको छ।

    धेरै संख्यामा दर्शनार्थीको भीड लाग्ने भएकाले पुलबाट आवात-जावातमा समस्या हुन सक्ने भएकाले डुंगाको व्यवस्थापन गरेको समितिका अध्यक्ष घिमिरेले बताए। एक पटकमा एउटा डुंगाले १० जनालाई वारपार गराउन सकिने र भक्तजनलाई समेत सहज हुने उनले बताए। पूर्वसन्ध्यामा सरसफाइ माघे संक्रान्ति मेलाको पूर्व सन्ध्यामा देवघाटधाममा बृहत् सरसफाई गरिएको छ।

    स्थानीय, टोल विकास संस्था, सशस्त्र, जनपद प्रहरी तथा नेपाली सेनाको टोलीले उक्त क्षेत्रमा सरसफाइ गरेका छन्। धेरै भीडभाड हुने भएकाले त्यहाँको सरसफाई गरी वातावरण सफा बनाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष धिरन घिमिरेले बताए। मेलालाई सहज र सफल बनाउनका लागि २ सय ५१ सदस्यीय मुल समारोह समिति समेत बनाएर त्यस क्षेत्रको तयारी तीव्र पारिएको उनले बताए। Thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला
  • एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
  • पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा
  • भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    News

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    News

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    News

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    News

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑