आज:
  • होमपेज / देश

    घरभाडा नतिरी सर्‍यो नापी कार्यालय

  • वीरगंज संजाल
  • २८ पुष २०७६, सोमबार १४:४८
  • ५३७०

    वीरगन्ज  |  नापी कार्यालय पर्साले बाँकी रहेको घरबहाल नै नतिरीकन अर्कै घरमा सरेको धरधनीले गुनासो गरेका छन्। नापी कार्यलयले वीरगन्ज महानगरपालिका-४ वीर्तामा स्थित सीमा देवी पटेलको दुई तल्ले घर भाडामा लिएको थियो।

    २०७४ जेठदेखि २०७६ मंसिरसम्म १९ महिना त्यहाँ नापी कार्यलय सञ्चालनमा थियो। गत मंसिर अन्तिम सातादेखि भने उक्त कार्यालय वीर्ताकै अर्को घरमा सरेको छ।

    नापी कार्यालयले ३ महिनाको घर बहालका साथै विद्युत र पानीको महशुल  नितरेको र अर्कै घरमा सरेको घरधनी सीमा पटेलका श्रीमान् श्यामबाबु पटेलले सोमबार सम्मेलन गरेर गुनासो गरेका हुन्।

    ५ वर्षका लागि मासिक ४५ हजार रुपैयाँ भाडा दिने लिखित सहमती गरी नापी कार्यालय सन्चालनका लागि घर भाडामा दिएको थिएँ’, उनले भने, ‘तर सम्झौता तोडेर गत मंसिर अन्तिम साता आफुलाई खबर नै नगरी घर खाली गरेर अर्कै घरमा कार्यालय सारियो, ३ महिनाको घरभाडा १ लाख ३५ हजार, बत्ती महशुलको १५ हजार र खानेपानीको महशुल ३५ हजार गरी १ लाख ८५ हजार रुपैयाँ नापी कार्यालयले अहिलेसम्म पनि तिरेको छैन।’

    घरबहाल दिने बेला गरिएको सहमतीपत्रमा घर खाली गर्नु परेमा घरको रंगरोगन र मर्मतसम्भार गरेर मात्रै खाली गर्ने सम्झौता उल्लेख छ। तर नापी कार्यालयका प्रमुख राम विनय सिंहले घरको मर्मत सम्भार र रंगरोगन पनि नगरी अर्कै घरमा कार्यालय सारेको पटेलले बताए।

    लिनु पर्ने बाँकी रकम भुक्तानीका लागि कार्यालय प्रमुख सिंहलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेपछि आफुले जिल्ल प्रशासन कार्यालय पर्सामा उजुरी दिएको उनले बताए।

    जिल्ला प्रशासन कार्यालयले पत्र नै लेखेर भुक्तानीको लागि निर्देशन दिएको ३ हप्ता बितिसक्दा पनि कार्यालय प्रमुख सिंहले अटेर गरेका कारण पत्रकार सम्मेलन गर्न बाध्य भएको घरधनी पटेलले बताए।

    नापी कार्यालयका प्रमुख राम विनय सिंहले भने पहिले कार्यालय सन्चालनमा रहेको घरधनी पटेलले नै बाँकी रहेको घरभाडाको रकम बुझ्न नमानेकाले चेक काटेर जिल्ला प्रशासन कार्यालयमा पठाइदिएको दाबी गरे।

    बिजुली र पानीको महशुल सबै तिरिसकेको भन्दै उनले भने, ‘घरबहालका लागि गरिएको सहमति पत्रमा घरको रंगरोगन गर्ने उल्लेख नै छैन, त्यसैले रंगरोगन नगरिएको हो।’ Annapurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑