• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    स्वदेशमा उत्पादित ढाकाको कपडामा आकर्षण बढ्दै

  • वीरगंज संजाल
  • २८ पुष २०७६, सोमबार १४:१३
  • ४९६९

    चिप्लेढुंगा(पोखरा) । स्वदेशी उत्पादनमा पाल्पाली ढाकाको महत्व निकै छ । विसं २०१५ देखि शुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय पहिचान बनाएको छ ।

    शिरदेखि पाउसम्ममा विभिन्न पोसाकहरु अहिले ढाकाबाट बन्न थालेका छन् । विभिन्न डिजाइनमा समेत उपलब्ध हुन थालेपछि महिलाको विशेष रोजाइमा समेत ढाकाको कपडा पर्न थालेको छ ।

    पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाल्पाली ढाकाका विभिन्न पोसाकहरु राखिएको छ । मोनिका ह्यान्डीक्राप्टको कक्षमा महिलाले विशेष रुचिसाथ पाल्पाली ढाकाका पोसाक किन्ने गरेको व्यावसायी मणिराज भट्टराईले बताए ।

    ‘पाल्पाली ढाकाको टोपी, चोलोले पहिरनका रुपमा प्रसिद्धि पाउँदै आएकामा पछिल्लो समय भने ढाकाको सल र साडी बढी विक्री हुन थालेको छ’, उनले भने ।
    उनले लेखनाथ र पोखरामा राखिएको प्रदर्शनी कक्षमा महिलाले ढाका पोसाक बढी मन पराएको बताए ।

    अर्का व्यावसायी लक्ष्मी भट्टराईले विशेषगरी महिलाले साडी, सल, चोलोको कपडा र झोलाहरु मन पराएको बताइन् । ‘जाडोमा न्यानो पनि हुने र राष्ट्रिय पहिचान बोकेको पोसाक भएकाले पनि महिलाको रोजाइमा पर्दै गएको छ’, उनले  भनिन्  ।

    ढाकाको रू.२५० देखि १५ हजारसम्मका पोसाकहरु विक्री कक्षमा राखिएको उनले बताइन् । उनले  भनिन् , ‘पहिलोपल्ट मेलाबाट यो व्यापारको शुरु गरेकी हुँ, धेरैले मन पराउनुभयो अब पोखरामा यसको विक्री कक्ष राखेर विस्तार गर्ने सोच राखेकी छु ।’

    विगत १८ वर्षदेखि पाल्पाली ढाका उत्पादन गर्दै आएका मिलन भट्टराईले अहिले देशका विभिन्न ठाउँमा सञ्चालन भएका मेला महोत्सवमा २० ओटा कक्षमा ढाकाका पोसाकको व्यापार गरेको बताए ।  हाल पाल्पाको अर्गली र काठमाडौंमा गरी दुई ठाउँमा उद्योग सञ्चालन गर्दै आएको र उद्योगमा १२० भन्दा बढी कामदार रहेको उनले जानकारी दिए ।

    ‘अहिले माग बढी हुन्छ तर उत्पादन कम हुन्छ, गर्मीको समयमा उत्पादन गरेर त्यही कपडा जाडोको समयमा विक्री गर्ने गर्छौं, जाडोमा तानमा काम गर्न गाह्रो हुने भएकाले उत्पादन कम हुन्छ’, उनले भने । उनले आफूले सिधै विदेश निर्यात नगरेको तर अन्य व्यावसायीले खरीद गरेर बाहिर निर्यात गर्ने गरेको बताए ।

    पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमिति संयोजक मुना बास्तोलाले स्वदेशी उत्पादनलाई टेवा पुग्ने र व्यक्तित्वमा समेत ढाका पोसाक राम्रो मानिएकाले आफूले पनि ढाका साडी लिएको बताइन् ।

    उनले हरेक नागरिकले स्वदेशी ‘ब्रान्ड’लाई माया गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सकिने बताइन् ।   अर्का महिला उद्यमी उर्मिला बस्नेतले नेपाल भ्रमण वर्ष २०२० शुरु भएकाले ढाकाका विभिन्न सामग्रीमार्फत भ्रमण वर्षको प्रवर्द्धन गर्न सकिने बताइन् । Abhiyandaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑