• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सिडिओले चाबी खोसेको २४ घण्टा नबित्दै बाराको पसाहा खोलामा दोहन शुरू

  • वीरगंज संजाल
  • २८ पुष २०७६, सोमबार १३:००
  • ६०८९

    बारा  |  पसाहा खोलामा मनपर्दी अवैध उत्खनन्‌ गरेको भेटिएपछि बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फणिन्द्रमणी पोखरेलले शुक्रबार दुईवटा एकजाभेटरको चाबी नै जफत गरे। तर शनिबार बिहानैदेखि पसाहामा फेरि दोहन शुरु गरेको भेटिएको छ।

    जथाभावी उत्खनन्‌ गरेको भेटिएपछि दुईवटा ओटा एक्साभेक्टरका चाबी खोसेको जानकारी बाराका प्रजिअ पोखरेलले दिएका थिए। खोला उत्खनन्‌ गरिरहेको ना १ क ४९७७ र बा १ ग ६७९० नम्बरका दुईवटा एक्जाभेक्टरका चाबी सिडिओले खोसिदिएका थिए। तर जीतपुरसिमरा उप-महानगरपालिकाले नै अनुमति दिएपछि दोहनकर्ताले फेरि दुईवटा एक्जाभेटर ल्याई खोला उत्खनन्‌ शुरु गरेका हुन्।

    पसाहा खोला बाराको चुरे क्षेत्रबाट बग्छ। यो खोलाको बगरमा अहिले चरम उत्खनन भइरहेको छ। ठेकेदारले ठूला–ठूला खाल्डा बनाएर नदीजन्य सामग्री दोहन गरिरहेका छन्। उप-महानगरपालिकाले मंसिर १६ मा मूल्य अभिवृद्धि कर बाहेक तीन करोड रुपैयाँमा ओम सप्लायर्स नामक ठेकेदार कम्पनीसँग पसाहा खोलावाट गिटी, ढुङ्गा, बालुवाजस्ता खोलाजन्य पदार्थ उत्खनन्‌, घाटगद्दी संकलन तथा विक्री सम्झौता गरेको थियो। तर ठेकदारले सम्झौता विपरीत मनोमानी ढंगले ठूला–ठूला खाल्डो बनाएर उत्खनन्‌ गरिरहेको भेटिएको छ।

    जीतपुरसिमरा उप-महानगरपालिकाले ठेकेदारसँग गरेको सम्झौता। खोलामा जथाभाबी उत्खनन्‌ हुँदा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चार किलोमिटरको तटबन्ध समेत जोखिममा परेको छ। यसअघि पनि बाढीले ३० मिटर तटबन्ध भत्काईसकेको छ। खोलामा थप उत्खनन्‌ हुँदा आसपासका बस्ती नै जोखिममा परेका छन्।  प्रारम्भिक वातावरणीय परिक्षण (इआईए) अनुसार खोलाको सतहबाट बढीमा तीन फीट मात्रै गहिराई बनाएर गिटीबालुवा निकाल्न मिल्छ।

    उत्खनन्‌का लागि तीन फिटको गहिराई बनाएमा पछि खोलाको धार मिलाएर पुर्नुपर्ने प्रावधान छ। तर ठेकेदारले नदीजन्य पदार्थ निकाल्न एक्जाभेक्टरको प्रयोग गरी नौ फीटसम्म गहिरो खाडल खनेको छ।ठेकेदारले कानूनको उल्लंघन रिरहँदा नियामक निकाय उप–महानगरपालिकाले अहिलेसम्म कुनै कदम चालेको छैन। ‘

    कटान नरोकियोस् भन्नका लागि खोलामा ३ फिट गहिरो खाडल बनाएर २५ देखि ५० मिटर चौडाको खाल पन्छाउन मिल्छ, तर अनुगमनका क्रममा ठेकदारले जथाभावी खाल्टो खनेको भेटियो’ जितपुरसिमरा उपमहानगरका राजस्व महाशाखाका प्रमुख रामेश्वर बञ्जाराले भने, ‘मेशिनले खोला च्यानालाईजेशन गर्नेगरी सहमति गरेको भएपनि ठेकेदारले दुवै एक्साभेक्टर मेशिन एकैपटक खोलामा उत्खनन्‌ प्रयोजनका लागि सञ्चालन गरिरहेको भेटिएको छ।’

    तर उप–महानगर र ठेकेदारबीचको सम्झौतामा नदीजन्य पदार्थ संकलन गर्नका लागि एउटा मेशिन प्रयोग गर्ने र च्यानालाईजेशनका लागि दोस्रो मेसिन प्रयोग गर्ने उल्लेख छ। यस्तो सम्झौताले दोहोरो अर्थ लाग्ने भन्दै यही पौष २ गते नगरले एउटा मेशिन मात्रै प्रयोग गर्ने र त्यो मेशिन बिग्रिए वा काम गर्न नसक्ने अवस्थामा मात्र अर्को मेशिन चलाउनुपर्ने भनि ठेकदारलाई पत्र काटेको छ।

    २४ घन्टा नबित्दै चाबी फिर्ता  खोला उत्खनन्‌मा ठेकदारले चरम लापबाही गरेको सुचना पाएपछि बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले खोला अनुगमन क्रममा एक्साभेक्टरको चाबी खोसिदिए। तर, प्रजिअले चावी खोजेको २४ घन्टा नबित्दै पुन खोलामा एक्साभेक्टर प्रयोग भयो।  ‘मैले एक्साभेक्टरको चावी खोसेर ठेकदारलाई कारवाही गर्न जिल्ला समन्वय समितिमा लेखिपठाएँ, तर उहाँहरुले चाबी फिर्ता दिनुभएछ’ प्रजिअ पोखरेलले भने ‘अहिले सबै अधिकार स्थानीयतहमा गएकोले जिल्ला प्रशासनमार्फत कारबाही प्रकृया अघि बढाउन समस्या परेको छ।’

    ठेकेदारले खोला उत्खनन्‌मा चरम लापरबाही गरेको देख्दादेख्दै छानबीन नै नगरी पुनः सञ्चालन गर्न दिईएको भन्दै स्थानियबासीले गुनासो गरिरहेका छन्।  बेखबर उपमहानगर नगरक्षेत्रभित्र रहेका खोलाजन्य पदार्थ उत्खनन्‌मा चरम लापरबाही भएको विषयमा स्थानीयले लिखित निवेदन दिदाँसमेत जीतपुरसिमरा उपमहानगरले चासो देखाएकोे छैन। पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइले खोला अनुगमनको क्रममा ठेकदारले सम्झौता बिपरित काम गरेको भेटिएपनि उत्खनन्‌ कार्य रोक्न नसकिएको बताए।

    ‘हामीले वडाध्यक्षको संयोजकत्वमा गठन भएको अनुगमन समितिलाई प्रतिवेदन बुझाउन भनेका छौं,’ सेढाईले भने, ‘लापरबाही भएको देख्दादेख्दै पनि हामीले काम रोकर कारवाही प्रकिया अगाडी बढाउन सकेका छैनौं।’ जिल्ला अनुगमन समितिको चरम लापरबाहीको कारण समयमै अनुगमन र कारबाही नहुँदा बर्खायाममा खोलामा आउने बाढीले धार परिवर्तन गरेमा बाराको दक्षिणतर्फका दर्जनौं बस्तीहरु जोखिममा पर्ने देखिएको छ।

      यसअघि पसाहा खोला आसपासका स्थानीयहरुले ठेकदारले खोलाको चरम दोहन गरेको भन्दै वडा कार्यालयमा नियम उल्लंघन गर्नेलाई कारबाहीका लागि लिखित निवेदन दिएका थिए।  जितपुरसिमरा उपमहानगर वडा नं १६ का वडाध्यक्ष केदार बजगाईंले ठेकदारले अवैधानिक ढंगले खोला उत्खनन्‌ गरिरहेको बताए। ‘अहिले गरिएको जथाभाबी उत्खनन्‌ले अन्तर्राष्ट्रिय विमानस्थलको तटबन्ध क्षेत्र सबैभन्दा बढी जोखिममा परेको छ, त्यसपछि आसपासको बस्ती’ उनले भने ‘कारबाहीका लागि अनुगमन समितिका तर्फबाट हामीले नगरपालिकालाई लेखिपठाईसकेका छौं, तर पालिकाले मौखिक स्पष्टीकरण मात्रै सोध्ने काम गर्‍यो।’

    अहिले दुधौरा, बालगंगा, पसाहा, धन्सार र बकैया गरी बाराका पाँचवटा खोलामा उत्खनन भइरहेको छ। जसमध्ये दुधौरा, बालगंगा र पसाहा खोला जीतपुरसिमरा उपमहानगरअन्तर्गत पर्छ। यी तीन खोलाका लागि नगरपालिकाले छुट्टाछुट्टै वातावरणिय प्रभाव मूल्यांकन गरेर प्रतिखोला ३ करोड रुपैयाँका दरले छुट्टाछुट्टै ठेकदारलाई उत्खनन्‌ गर्न दिएको छ।  दूईवटा एक्साभेक्टर चलाउने अनुमति लिएको छु :

     ठेकदार पसाहा खोलाको उत्खनन्‌ ठेक्का लिएको ठेकदार कम्पनी ओम सप्लार्यसका सञ्चालक ओम शंकरले जितपुरसिमरा उपमहानगरवाट दुईवटा एक्साभेक्टर चलाउने अनूमति लिएको दाबी गरेका छन्। ‘मैले कुनै अनियमित काम गरेको छैन, नगरपालिकाबाट वकाइदा दुईवटा एक्जाभेटर मेशिन सञ्चालनको ईजाजत लिएको छु।

    उत्खनन्‌‌का क्रममा ठूला खाल्डाखुल्डी बनाएको विषय जिज्ञासा राख्दा ठेकदार ओमशंकरले खोलामा ३/४ फीट गहिराईसम्म माटो भएकोले त्यसलाइ हटाउँदा खाडल बनेको तर्क गरे।  साथै, वातावरणीय प्रभाव मूल्यांकनमै खोलामा प्रयोग हुने एक्जाभेटरको संख्या किटान नभएकाले आफ्नो आवश्यकताअनुसार मेसिन प्रयोग गरिएको उनले दाबी गरे। Thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑