बाराको सीमा क्षेत्रमा सशस्त्रको सुरक्षा पोष्ट स्थापना
वीरगंज संजाल
२८ पुष २०७६, सोमबार ११:२२
५५५१
बारा | सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा बारामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ। सिमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नभएको कारण अतिक्रमण बढेको भन्दै सरकारको आलोचना भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा पोष्ट बढाउन निर्देशन दिएका थिए। सरकारले देशभर एक सय १४ वटा सिमा सुरक्षा पोष्ट थप्ने निर्णय गरेको थियो।
नेपाल–भारत सिमावर्ती क्षेत्र बाराको देवताल गाउँपालिकाको दक्षिण झिटकैयामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको हो। कृषि कार्यालयको पुरानो भवनमा सञ्चालन गरिएको झिटकैया पोस्टको सशस्त्र प्रहरी नायब महानिरीक्षक बाहिनीपति (डीआइजी) राजु अर्याल र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। थप दुई वटा स्थापना हुने सीमा रक्षा र सीमा क्षेत्रमा हुने गतिविधि नियन्त्रणका लागि बारामा थप दुई स्थानमा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने सरकारी तयारी छ।
विश्रामपुर गाउँपालिकाको छतवा र पचरौता नगरपालिकाको बेनौली गाउँमा चाडै नै बीओपी स्थापना गरिने शसस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदीले जानकारी दिए। ‘पोष्ट स्थापनाका लागि उपयुक्त स्थान र आवश्यक जमिन खोजि भईरहेको छ,’ शसस्त्र प्रहरी उपरीक्षक सुवेदीले भने–‘दुई महिनाभित्र पोष्ट स्थापना गरिनेछ।’ बारामा ९ वटा पोष्ट पु¥याउने तयारी भए पनि हाल सांत पुगेको छ। बारामा सिमा सुरक्षा गर्नुको संगसँगै तस्करी तथा अपराध नियन्त्रण गर्नको लागि सो पोष्ट स्थापना गरिएको जनाए।
सशस्त्र प्रहरीले सिमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनीकरण, लागू औषध ओसारपसार नियन्त्रण, मानव तस्करी, चोरी पैठारी, तस्करी नियन्त्रणको खटिदै आएको छ। पोष्ट स्थापनामा स्थानीयको सहयोग पोष्ट स्थापनाका लागि स्थानियबासले सहयोगमा गरेका छन्। सिमा क्षेत्रमा शान्ति सुरक्षा, सिमा नाकाको सुरक्षा, सिमा स्तम्भको सुरक्षा लगायतको कार्यमा थप सहयोग मिल्ने भएकाले स्थानीयको सहयोग रहेको देवताल गाउँपालिका अध्यक्ष चन्दन सिंहले बताए। दक्षिण झिटकैयामा बिओपि स्थापनाको लागि राजिव यादवले ६ कठ्ठा जमिन दान गरेका छन्। उनलाई पोष्ट उद्घाटन समारोहमा सम्मान समेत गरिएको थियो।
अतिक्रमण हटाउन सार्वजनिक बोर्ड बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलले बिओपि स्थापनाले सिमानाकाको सुरक्षा थप बलियो भएको बताए। सीमा क्षेत्रको संवेदनशील मानिने दशगजा अतिक्रमणमा भएकाले शान्ति सुरक्षाको लागि मटिअर्वा क्षेत्रमा दशगजाको अतिक्रमण हटाईएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिए।
दशगजामा अतिक्रमण नगरौं, खेतीपाती नलगाऔं भन्ने जनचेतनामूलक सन्देशसहितको बोर्ड राख्ने काम भइरहेको उनले बताए। Nepalpostdaily