युनाइटेड अबर इमिरेट्सस्थित विकासका लागि अबुधाकी कोष (एडीएफडी) ले नेपाललगायत ८ राष्ट्रका लागि १०५ मिलियन डलर अर्थान १ खर्ब ५ अर्ब बराबरको सहुलियत ऋण घोषणा गरेको छ ।
अन्तराष्ट्रिय नवीकरणीय उर्जा नियोगले प्राविधिक सहयोग रहने गरी आठ राष्ट्रका लागि ऋण दिने घोषणा गरेको आइतवार युनाइटेड अरबको अबुधाबीमा भएको हो ।
अबुधाबीमा भएको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसमेत सहभागी नवीकरणीय उर्जा नियोगको १० औं वार्षिक सम्मेलनमा नेपाललाई १० मिलियान अर्थात करिब १ अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियत ऋण दिने घोषणा गरिएको छ । कारोबार दैनिकमा खबर छ । NEPALPOSTDAILY