पृथ्वीनारायण शाहको २ सय ९८ औं जयन्तीको अवसरमा माल्यार्पण एवम् शौल बितर
वीरगंज संजाल
२८ पुष २०७६, सोमबार १०:०७
६५७१
वीरगंज | पृथ्वीनारायण शाहको २ सय ९८ औ जयन्ती एवम् राष्ट्रिय एकता दिवस आज पनि वीरगंजमा धुमधामका साथ मनाईएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंजको घण्टाघरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी समाजसेबी उषा शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै वर्तमान सरकारले नचाहेको खण्डमा बिदा दिने गरेको र पृथ्वीनारायण शाहको जयन्तीमा बिदा नदिने गरेकोमा आपती जनाउनु भयो । वहाँले हामी सम्पूर्ण जनता मिलेर यो सरकारको बिरोध गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
बीरगंज महानगर पालिकाका उपमेयर शान्ति कार्कीले पृथ्वीनारायण शाह नेपाल र नेपालीको बुबा हुन वहाँलाई कहिले पनि बिर्सन नहुने कुरामा जोड दिनुभयो । मानव सेवा संस्थाका संरक्षक डा. दिपक शाक्यले आजको परिवेशमा सम्पूर्ण जनता एक हुनु पर्ने कुरा औल्याउनु भयो । समाजसेवी एवम् राष्ट्रबादी पशुपति बिक्रम शाहले अहिलेको परिस्थितमा एकजना पृथ्वीनारायण शाह जस्तै बीर पुरुषको खाँचो रहेको हुँदा फेरी नेपालमा पृथ्वीनारायण जनमिनु पर्ने आवश्यक्त रहेको कुरामा जोडदिनु भयो ।
वहाँले पृथ्वीनारायण शाह राष्ट्रका पिता भएको हुनाले उहाँलाई बिर्सन गाह्रो रहेको बताउनु भयो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा श्री चण्डी प्रसाद गणका गणपति प्रमुख मदन जंग राणा, संयुक्त राप्रपाका केन्द्रिय सदस्य रामबहादुर थापा, नागरिक संघर्ष समिती पर्साका जिल्ला अध्यक्ष दिनानाथ यादव, पूर्व जिविसका जिल्ला सभापति शम्भु प्रसाद चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काले सम्पुर्ण नेपाली जनता एक नभए सम्म चारवर्ण ३६ जातका फुलवारी असुरक्षित रहेको भन्ने कुरामा जोड दिएका थिए ।
उक्त कार्यक्रममा सरिता देवी, अन्नु राणा, सावित्री देवी, शादना देवी, निशा खातुन, साइना खातुन, सकुना खातुन लगायत २२ जना महिलाहरु शौल बितरण गरिएको प्रेस संयोजक प्रणय कुमारले बताउनुभयो । सो कार्यक्रममा सम्पूर्ण अतिथीहरुलाई मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरही, नगर अध्यक्ष उपेन्द्र बरैले माला लगाई स्वागत गर्नुका साथै मायाको चिनो प्रदान गरेका थियो । लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले कार्यक्रममा स्वागत भाषण गर्नु भएको थियो ।