इप्रका पाेखरिया धमाधम अपराधिक व्यक्तिहरुलाई पक्राउ गर्दै
वीरगंज संजाल
२७ पुष २०७६, आईतवार १५:०७
५३८१
पर्सा । ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका प्रहरी युनिटहरु गस्तीलाई तिब्रता दिए पछि धामाधाम चोर, अभियुक्त र अपराधीहरु पक्राउ पर्न थालेका छन । गएराती पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवाबाट ७ दिन पहिला चाेरी भएकाे माेटरसाइकल प्रहरीले फेला परेकाे छ ।
भारतको पश्चिमी चम्पारणमा पर्ने सिक्टा निवासी सुनिल बैठाको एक हप्ता अगाडी चोरी भएको मोटरसाईकल सबैठवा गाउँमा फेला परेकाे हाे । माेटरसाइकल चाेर सबैठवामा सांझ ७ बजे माेटरसाइकल व्यवारिसे अवस्थामा छोडेर गए पछि स्थानियहरु प्रहरीलाई खबर गरेका थिए । त्यस पछि व्यवारिसे अवस्थामा फेला परेकाे माेटरसाइकल प्रहरी चाेकी सबैठवाले आफ्नाे नियन्त्रणमा लिएकाे थियाे ।
माेटरसाइकल बारे प्रहरीले अनुसन्धान गरी आज माेटरसाइकल धनी सिक्टा निवासी बैठालाई स्थानियकाे राेहब्बरमा माेटरसाइकल बुझाएको छ । फेला परेकाे बिआर ०५ ए ८५४० नम्बरको १ सय ६० सिसिको अपाची रातो रंगको मोटरसाईकलको अगाडी र पछाडी दुबै तिर रहेको नम्बर प्लेट चाेरले उखेलेर फालेदिएका छन् ।
मोटरसाईकल फेला परे पछि सिक्टाका निवासी मोटरसाईकल धनी बैठालाई खबर पुगे पछि प्रहरीलाई सम्पर्क गरी आफ्नो मोटरसाईकल पाए पछि खुशी भएका थिए ।
ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका सबै प्रहरी युनिटहरुको केही दिन अगाडी बसेकाे बैठकमा डयुटीलाई सक्रिय बनाउन प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले निर्देशन दिएका थिए । त्यस पछि प्रहरी कार्यालय पाेखरिया क्षेत्रबाट चोर, अपराधी, फरार अभियुक्तहरु समेत पक्राउ पर्न थालेका छन ।
केही दिन पहिला मात्र पाेखरियाकाे एक घरमा चाेरी गरेकाे चाेरलाई शनिबार इलाका प्रहरी कार्यालय पाेखरियाले चाेरेकाे सम्मान सहित पक्राउ गरेकाे थियाे । यस्तै केही दिन भित्र मात्र दर्जनाै फरार अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय पाेखरियाले पक्राउ गरि बुझाइसकेकाे छ ।
असल, कर्मठ र ईमान्दार प्रहरीले दोषीलाई, अपराधीलाई, चोरलाई र अभियुक्तलाई नछाडने ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताए । Kalikatimes