जनकपुरधाम | १० वर्षअघि पुस २७ गते आर्थत आजकै दिन हत्या गरिएका सहिद पत्रकार उमा सिंहको ११ औँ स्मृति दिवस मनाइएको छ ।
आज (आइतबार) नेपाल पत्रकार महासंघ धनुषा शाखाले सहिद पत्रकार सिंहको स्मृति दिवस मनाएको हो ।
स्थानीय रेडियो टूडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुर–१४ रजौलस्थित डेरामा खाना पकाइरहेकी बेला अपराधीले धारिलो हतियार प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।
महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादव, पार्षद् विएम खनाल, पूर्व अध्यक्ष उमेश साह, माधव आचार्य, नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाहकार विरेन्द्र रमण, पत्रकार कमल साह, जगदिश साह, अजय झा, अजय अनुरागी, श्रीनारायण साह, महिला उपाध्यक्ष मनिका झा, मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण लगायतका सञ्चारकर्मीहरु उपस्थित थिए । कार्यक्रममा सञ्चारकर्मीहरुको हकहितका लागि सबैजना एकजुट हुनुपर्ने आवश्यकता रहेको वक्ताहरुले जोड दिएका छन् । Thenepalpost