गुलरिया । गुलरिया नगरपालिकन ४ नं वडा कार्यालयले बालबालिकालाई अध्ययनमा सजिलाे हाेस् भन्ने उद्देश्यका साथ र पढाइलाई डिजिटल बनाउनका लागि ४ नं वडाका विद्यालयहरूमा स्मार्ट टेलिभिजन शुरू गरेकाे छ ।
विद्यार्थीहरूकाे पढाइमा सुधार ल्याउनका लागि ४ नं वडा कार्यालयले यस वर्षदेखि विद्यालयलाई टेलिभिजन उपलब्ध गराउने कार्यक्रम राखेकाे थियाे ।
अचेलका बालबालिकालाई किताबमा पढाउनुभन्दा डिजिटल रूपमा नै पढाउनु उपयुक्त हुने भएकाले डिजिटल पढाइ शुरू गर्नका लागि ती टेलिभिजन वितरण शुरू गरिएकाे ४ नं वडाका अध्यक्ष रामबहादुर रावलले बताउनुभयाे ।
गुलरिया नगरपालिकाका अन्य वडाभन्दा ४ नं वडा शैक्षिक स्तर सुधार गर्नमा अगाडि छ । उसले विद्यालयहरूकाे पठनपाठनमा सुधार गर्न शिक्षासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेकाे छ । News 24