भारतले प्याज निर्यातमा सहजता बनाएपछि नेपालमा मुल्य अप्रत्यासित रुपमा घट्यो
वीरगंज संजाल
२६ पुष २०७६, शनिबार १४:४५
३९४९
काठमाडौं । भारतले प्याज निर्यातमा सहजता बनाएपछि नेपालमा यसको असर परेको छ । यसअघि भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा यसको मुल्य आकासिएको थियो । तर अहिले नेपालमा प्याजको मुल्य अप्रत्यासित रुपले घटेको छ ।
१० दिन अघि भारतीय प्याजको मुल्य प्रतिकिलो १९५ रुपैयामा खरिद हुँदा बिहीबार १३० रुपैयाँमा खरिद भएको छ । यसैगरी अहिले नेपालभारत सीमावर्ती बजार वीरगन्ज र काँकडभिट्टामा भने १०० रुपैयाँ प्रति किलो किनबेच भइरहेको छ । News 24