दिलीप महत्तो हत्या प्रकरण : क्रसर उद्योगका सञ्चालक पक्राउ
वीरगंज संजाल
२६ पुष २०७६, शनिबार १३:३५
४३०७
जनकपुरधाम | अवैध उत्खननको विरोध गर्दै आएका दिलीप कुमार महतोलाई ट्रिपरले किचेर जानीजानी हत्या गरेको आरोपमा क्रसर उद्योगका सञ्चालकलाई पक्राउ गरिएको छ ।
धनुषाको मिथिला नगरपालिकामै सञ्चालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक विपिन कुमार महतोलाई प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ भानुचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।
प्रहरीले यसअघि मृतक दिलीपका साथी रोशन यादव र ट्रिपर चालक मुनिन्द्र महतोलाई शुक्रबार नै पक्राउ गरिसकेको छ।
दिलीपको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने परिवारजनले प्रहरीमा जाहेरी नदिएकोले शवको पोष्टमार्टम नगरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।
शुक्रबार बिहान करिव ५ बजे औरही खोलामा भइरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलीपलाई स्थानीय ओमप्रकाश महतोको ट्रिपरले किचेर जानीजानी हत्या गरिएको थियो । Thenepaltop