नेपाल–अष्ट्रेलिया सीधा हवाई उडानबारे अस्ट्रेलियाका अधिकारीसँग पर्यटनमन्त्रीले गरे छलफल
वीरगंज संजाल
२५ पुष २०७६, शुक्रबार १२:०५
५०५५
काठमाडौं | नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा सञ्चालन गर्नेबारेमा बिहीबार क्यानबेरामा छलफल भएको छ । दुवै देशका उच्च अधिकारी सम्मिलित वार्तामा हवाई सम्झौता कार्यान्वयनका सम्बन्धमा छलफल भएको हो ।
परराष्ट्रमन्त्री योगेश भट्टराई र अष्ट्रेलियाको भौतिक पूर्वाचार, यातायात र नागरिक उड्डयनसम्बन्धी विभागका महाप्रबन्धक जिम वल्फको टोलीबीच सकारात्मक छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
गत अक्टोबरमा दुवै देशबीच हवाई सम्झौता भएसँगै सीधा हवाई सेवाको बाटो खुलेको छ । दुई वदेशबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको र यसले चाँडै परिणाम दिने पर्यटनमन्त्री योगेश भट्टराईले बताए । भ्रमण वर्षको प्रचारका क्रममा मन्त्री भट्टराई अष्ट्रेलिया पुगेका हुन् । Nepalpostdaily