• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कारबाहीमा आलटाल, पीडितको जाहेरी दर्ता भएन

  • वीरगंज संजाल
  • २५ पुष २०७६, शुक्रबार ११:३४
  • ४४२५

    लहान |  लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न आलटाल भइरहेको पीडित पक्षले बताएको छ। पीडितले दिएको जाहेरी चार दिन बितिसक्दा पनि दर्ता भएको छैन।

    जाहेरी दर्ता गरी घटनामा संलग्न पक्षलाई कारबाहीको दायरामा ल्याउनुको साटो प्रशासनले छानविन समिति गठन गरेको छ। अस्पतालस्रोतका अनुसार समितिले अस्पताल पक्षलाई लिखित प्रश्न सोध्ने र उसले दिएको लिखित जवाफको आधारमा प्रतिवेदन तयार गर्नेछ। त्यो प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरिने बताइएको छ। प्रतिवेदन पढेपछि जे निर्देशन आउँछ, सोही आधारमा अघि बढ्ने भन्दै प्रहरीले पीडितको जाहेरीलाई होल्ड गरेर राखेको हो।

    इलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापा क्षेत्रीका अनुसार इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा गठित छानविन समितिले तयार पारेको प्रतिवेदन प्रजिअसमक्ष बुझाएपछि मात्र थप कारबाही अघि बढ्नेछ। ‘जाहेरी आएको छ, तर दर्ता भइसकेको छैन,’ उनले भने, ‘प्रतिवेदन बुझाएपछि जे निर्देशन आउँछ सोहीअनुसार कारबाही अघि बढ्छ।’

    समितिका संयोजकसमेत रहेका इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले भने, ‘मंगलबार अस्पताल पक्षलाई बुधबार लिखित जवाफ पेस गर्ने गरी सोधिएको प्रश्नको जवाफ अझै बुझाइएको छैन।’ अस्पतालको नवीकरण भएनभएको, कार्यरत डाक्टरहरूको योग्याता, एनएमसी (नेपाल मेडिकल काउन्सिल) को प्रमाणपत्र भए नभएको, शुक्रबार ड्युटीमा रहेका डाक्टर, स्वास्थ्यकर्मीको नामावलीलगायत प्रश्नको जवाफ लिखित रूपमा पेस गर्न भनिएपछि अस्पताल पक्षले बिहीबारसम्म पनि जवाफ पेस नगरेको भण्डारीले बताए। उनले थपे, ‘विस्तारै बुझाउँला नि, हतारिनुपर्ने के छ र।’

    सो समितिमा जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादव पनि सदस्य छन्। तर, उनी बर्दिबासमा जारी स्वास्थ्यसम्बन्धी तालिममा सहभागी छन्। छानविनमा उनले समय नै दिन भ्याइरहेका छैनन्।

    तीनजना शिशु मृत्यु प्रकरणबारे पीडित जानकी यादवका पिता घुरन यादवले शनिबार लहान प्रहरीलाई घटनाबारे जानकारी गराएलगत्तै प्रहरी निरीक्षक सुमितकुमार कुशवाहासहितको प्रहरी टोली सप्तऋषि अस्पताल पुगेको थियो। उनीसमक्ष तीनैजना पीडितका अभिभावकले घटनाबारे बेलिबिस्तार लगाएर कारबाहीको याचना गरेका थिए। शिशुलाई अस्पताल पक्षको दबाबमा बलान खोलामा गाडेको समेत पीडित पक्षले प्रहरीलाई जानकारी गराए। तर, प्रहरी भने सो दिन कुनै कारबाही अघि नबढाई फर्केको पीडित पक्षको गुनासो छ।

    प्रहरीले घटनामाथि गम्भीरता नदेखाएपछि अस्पताल पक्षले पीडितलाई शिशुका आमालाई अस्पतालबाट छिटो लग्न दबाब बढाएको थियो। छोरा (शिशु) गुमाएकी औरही गाउँपालिका–१ दरैहियाकी प्रमिला यादवलाई रगत दिइरहेको अवस्था थियो। उनी हिँडडुल गर्ने अवस्थामा थिइनन्। सखुवानन्कारकट्टी–३ दिनाजपुर घर भई माइती लहान नगरपालिका–१९ छरापट्टी बस्दै आएकी जानकी यादवको अवस्था पनि समान्य भइसकेको थिएन। त्यस्तै सप्तरी बलानबिहुल–३ की संगीता साहलाई पनि अस्पताल पक्षले घर जान दबाब दिएको उनीहरू बताउँछन्।

    जानकीका पिता घुरन यादव, प्रमिलाका पति लालबहादुर यादव र संगीताका पति मनोज साहले जाहेरीसँगै सोमबार लहान प्रहरीमा लिखित बयानसमेत गरिसकेका छन्। ‘हामीले प्रहरीसमक्ष कारबाही अघि बढाउन सम्पूर्ण आधार प्रमाण पेस गरिसकेका छौं,’ लालबहादुरले नागरिकसँग भने, ‘प्रहरीमाथि भरोसा गरेर निसाफ पर्खेका छौं, अस्पताल पक्ष हरेक हिसाबले शक्तिशाली र पहुँचवाला भएकाले निसाफ पाउनेमा शंका छ।

    ’ अस्पताल पक्षको प्रलोभनमा नपरी कानुनी उपचारको बाटो रोजेका आफूहरूलाई निसाफ दिलाउन उनले सरोकारवाला पक्षकसँग आग्रह गरेका छन्। पीडितका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका र उपचारमा लापरबाही गरेको भन्दै आएका छन्। Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑