ईराक–अमेरिकी तनावले नेपालको पेट्रोलियम बजारमा कस्तो प्रभाव पर्ला ?
वीरगंज संजाल
२४ पुष २०७६, बिहीबार ०९:४०
५०५७
काठमाडौं : ईरानले अमेरिकी सेनाको बेसक्याम्पमा हमला गरेपछि त्यहाँ अशान्त बनेको छ । पेट्रोलियम पदार्थको कच्चा पदार्थ भएको उक्तक्षेत्रमा अशान्त मच्चिएसँगै तेलको मूल्यमा असर पर्ने विभिन्न खालको अड्कलबाजी भईरहेको छ ।
मध्यपूर्वी राष्ट्र इरान तथा इराक र मेरिकाबीचको यो तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा आयात निर्यात प्रभावित हुन सक्ने भएपनि नेपाली बजारमा भने त्यसले प्रभाव नपार्ने नेपाल आयल निगमले बताएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल सानो क्रेता भएको कारण आयतमा कुनै असर नपर्ने जानकारी बताएका छन् ।
उनले भने– हामी प्रत्यक्ष रुपमा उताबाट किन्ने नभई प्रशोधन गरिएको ठाउँबाट किन्ने धेरै सानो क्रेता भएकोले सप्लाइमा कुनै असर पर्दैन’ । कच्चा तेलको मूल्यमा ठूलो घटबढ भएमा भने त्यसको प्रभाव पर्न सक्ने उनको भनाई रहेको छ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य धेरै बढेमा केही प्रभाव पर्ने भएपनि नेपालको अवस्था हेरे निर्णय गरीने उनले जानकारी दिए ।
पौडेलले भने–तत्कालकै परिस्थितीमा त केही निर्णय गर्नुपर्ने अबस्था छैन, तर धेरे मूल्य बढ्यो भनेपनि हामीले तीन कुरा हेरेर निर्णय गर्छौँ, । पहिलो परियोजना लागत नबढोस, दोश्रो मुद्रा स्फिती नबढ्नु र तेश्रो आर्थिक बृद्धिमा असर नगरोस् ।’