‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुँदा रोजगारीका साथै मधेशी जनताको जीवनस्तर उठ्ने
वीरगंज संजाल
२३ पुष २०७६, बुधबार ११:३०
३९५१
काठमाडौं | ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई तराई–मधेशका विभिन्न पर्यटकीय स्थलहरु भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो ।
हिजो (मंगलबार) भिजिट मधेश नेपालद्वारा संघीय राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र ‘भिजिट मधेश’ नामक मोबाइल एप्सको समेत शुरुवात गरिएको छ ।
तराई–मधेशको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
तराई–मधेशका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेश नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ,‘तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं विशेषतालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै प्रवद्र्धन गर्ने लक्ष्यका साथ तयारी भइहरको छ ।’
यो अभिनयको ग्लोबल कोर्डिनेटर प्रमोद राज सरार्फ रहेका छ भने नेसनल कोर्डिनेटरको रुपमा ओमप्रकाश सरार्फले नेतृत्व गरेका छन् । त्यस्तै कल्चरल एमबेस्डर गायक रभिराज साह तथा क्लिन मधेशको लागि क्लिनेस एम्बेसडर बैधनाथ साह रहेको सो अवसरमा जानकारी दिइयो ।
तराई–मधेश क्षेत्रमा विश्वको शात्ति दुत लुम्बिनी, प्रख्यात जानकी मन्दिर, गढीमाइ जस्ता पवित्र स्थलहरुका साथै वन्य जन्तु आरक्षण र विभिन्न ताल तलैयाका साथै पर्यटकीय स्थलहरु रहेका छन् । पर्यटकयि स्थलहरुको सम्भाव्यता रहेपनि आवश्यक प्रचारप्रसार, पूर्वाधार र प्रवद्र्धन अभावका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान हुन सकेको छैन ।
यस्ता धार्मिक तथा पर्यटनकीय क्षेत्रको विकास र विस्तार हुन सकेमा तराई–मधेश क्षेत्रका जनताको आर्थिक जीवनस्तर उठ्नुका साथै रोजगारीको पनि सृजना हुने देखिन्छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुग्ने छ । Thenepaltop