कनौडियाले दिए किसानको ११ करोड २६ लाख, आजदेखि चिनी मिल सञ्चालनमा आउने
वीरगंज संजाल
२३ पुष २०७६, बुधबार ११:२८
४९६५
सर्लाही | सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ ।
किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो ।
सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिएका थिए ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिए ।
सो मिलले किसानको करीब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । “किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उनले भने“किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ ।” Nepalpostdaily