नयाँ दिल्ली । केन्द्र सरकारको श्रमिक विरोधी नीतिको विरुद्धमा बुधबार भारतका मजदुर युनियनहरुले देशव्यापी बन्दको घोषणा गरेका छन् । दाबी गरिएअनुसार हडतालमा करिब २५ देखि २८ करोड मानिस सामेल हुनेछन् ।
मजदुर युनियनले आरोप लगाएअनुसार श्रम कानुनलाई बदलेर सरकारले अधिकारको हनन् गर्नुका साथै लेबर कोडको नाममा मौजुदा व्यवस्थालाई पुरै खतम गर्न लागेको छ ।
ट्रेड युनियनको मागमा बेरोजगारी, न्यूनतम मजदूरी तय गर्नुपर्ने र सामाजिक सुरक्षा हुनुपर्नेलगायत छन् । न्यूनतम मजदुरी २१ हजार रुपैयाँ प्रतिमहिना तय गर्नुपर्ने समेत उनीहरुले माग गरेका छन् । Baahrakhari