• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    आफ्नै छोरीको हत्या आरोपमा आमासहित चार जना पक्राउ

  • वीरगंज संजाल
  • २२ पुष २०७६, मंगलवार १६:०८
  • २५८१

    वीरगञ्ज | आफनै १५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।

    प्रहरीका अनुसार पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने राजेन्द्र र सन्तोष काका हुन् । पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

    पुनिताको हत्या परिवारकै सदस्यबाट भएको आशंका प्रहरीले गरेको छ । कुटपिट गरेर मारेको आशंकामा आमा शिवकलीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले धेरै दिन अघि नै शव जलाइएको र गाडेको जस्तो देखिएको बताए ।

    ‘न जाहेरी आएको थियो, न हराएको निवेदन नै, गोप्य सूचनाको आधारमा हामी घटनास्थलमा पुगेका थियौं,’ प्रहरी निरीक्षक सिंहले भने, ‘घटनाको प्रकृति हेर्दा डिजल हालेर शव जलाएको जस्तो देखिन्छ र बचेको भाग अलि पर लगेर गाडेको रहेछ ।’

    ‘हामीले आमा, काका लगायत ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी शाहीले भने, ‘बयान लिन बाँकी छ, के किन कसरी ? लगायत अन्य घटनाबारे विस्तृत जानकारी पछि खुल्दै जान्छ ।’

    प्राप्त सूचना अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोली घटनास्थल पुग्दा पुनिताको शव जलाएर बचेको शरीरको आंशिक भागहरु केही पर गाडेको अवस्थामा फेला परेको थियो । गाडेको ठाउँबाट शरीरको भाग उत्खनन् गरी घटनास्थल शवजाँच मुचुल्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी
  • कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
  • बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु
  • बेल जुस उत्पादन गर्दै सामुदायिक वन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    News

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    News

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    News

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    News

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑