• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे

  • वीरगंज संजाल
  • २१ पुष २०७६, सोमबार १६:१७
  • २८१३

    काठमाडौं  । सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ ।

    दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

    लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् ।

    पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । “अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनावका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको हो”, महासङ्घका अध्यक्ष विश्वकर्माले भन्नुभयो, “महाशक्ति राष्ट्रबीचको बढ्दो तनावका कारण विश्वभरबाटै सुनमा लगानी हुन थालेको छ, व्यापार द्वन्द्वले सुनप्रति आकर्षण बढ्यो ।”

    साना तथा ठूला लगानीकर्ताले सुनमा गरिएको लगानीलाई सुरक्षित मान्न थालेको उहाँको भनाइ छ । चीन र अमेरिकाबीच हुने भनिएको वाणिज्य वार्ता निष्कर्षमा पुग्न नसक्दा पनि सुनको मूल्य वृद्धिमा सघाउ पुगेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

    इकोनोमिक्स टाइम्सले पनि पछिल्लो सात वर्षमा सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भएको जनाएको छ । मध्यपूर्वी क्षेत्रमा देखिएको तनावका कारण सुरक्षित लगानी ठानिएको सुनमा अत्यधिक आकर्षण बढेको छ ।

    विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको छ । भारतीय बजारमा छापावाला सुनको मूल्य प्रति १० ग्राम ४० हजार १० भारु र तेजाबी सुन प्रति १० ग्राम ३८ हजार १०० भारु तोकिएको छ ।

    नेपाली बजारमा पनि आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार निर्धारण गरेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० कायम गरेको छ । यस्तै चाँदीमा पनि मूल्यवृद्धि भएको छ । आइतबार प्रतितोला रु ९०० मा कारोबार भएको चाँदी आज प्रतितोला रु २० ले वृद्धि भएको छ ।

    साताको पहिलो दिन आइतबार प्रतितोला रु एक हजारले वृद्धिभई छापावाला सुन रु ७५ हजार ५०० मा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० कायम कारोबार भएको थियो ।

    पुष महिनामा मात्रै स्थानीय बजारमा प्रतितोला रु चार हजार ५०० ले मूल्य वृद्धि भएको छ । यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको थियो । पुस १ गते प्रतितोला रु ८५० मा कारोबार भएको चाँदी आजको दिनमा आइपुग्दा रु ७० ले वृद्धि भएको छ । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑