• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    साढे एक हजार दलितको पक्की आवास निर्माण हुने

  • वीरगंज संजाल
  • २१ पुष २०७६, सोमबार १५:३८
  • ३९५५

    सप्तरी । जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी विकास तथा भवन कार्यालय राजविराजले जनाएको छ ।

    सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा सञ्चालित कार्यालयका प्रमुख कृष्णदेव झाले डोम र मुसहरका लागि सप्तरीमा ६६६ र सिरहामा ७६६ वटा पक्की आवास निर्माण हुने जानकारी दिनुभयो ।

    बार्दलीसहित दुईकोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । घरसँगै शौचालय निर्माणका लागि थप रु १० हजार उपलब्ध गराइने कार्यालय प्रमुख झाले बताउनुभयो ।

    डोमको बसोबास खासगरी ऐलानी, पर्ती, नहर तथा सडक डिल र अरूको निजी जग्गामा रहेकाले घर निर्माण प्रक्रियामा व्यावहारिक कठिनाइ रहेको छ । स्थानीय तहले जग्गा व्यवस्थापन नगरेसम्म घर निर्माण सम्भव नदेखिएकाले सप्तरी जिल्लाका १८ वटै स्थानीय तहलाई जग्गा व्यवस्थापनबारे कार्यालयले पत्राचार गरेको छ ।

    “स्थानीय तहले जग्गाको सिफारिस गर्नासाथ तत्कालै निर्माण कार्य अगाडि बढ्नेछ”, कार्यालय प्रमुख झाले भन्नुभयो, “घर निर्माण गर्न बजेट निकासा भइसकेकाले स्थानीय तहको सिफारिस चाँडै आएमा असार मसान्तभित्र पक्की घर निर्माण कार्य सम्पन्न हुनेछ ।” कतिपय स्थानीय तहले जग्गाको प्रक्रिया अगाडि बढाएको समेत उहाँले बताउनुभयो ।

    आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायका लागि प्रत्येक वर्ष २० हजार आवास निर्माण गर्ने लक्ष्यका साथ शुरु भएको जनता आवास कार्यक्रममा १० वर्षको अवधिमा करिब २० हजार घर निर्माण भएका छन् ।

    आवासहीनलाई घर उपलब्ध गराउने उद्देश्यले २०६६/६७ मा कार्यक्रम शुरु भएको थियो । सिरहा, सप्तरी र कपिलवस्तुबाट प्रतिवर्ष एक÷एक हजार घर निर्माण गर्ने लक्ष्यका साथ थालिएको जनता आवास कार्यक्रम हाल सबै जिल्लामा विस्तार भएको छ ।

    तराईका विपन्न डोम, मुसहरलगायतका दलित र विपन्न मुस्लिमका लागि भनेर थालिएको जनता आवास कार्यक्रम पहाडका दलित दमाईं, कामी, सार्कीका साथै लोपोन्मुख, सीमान्तकृत कुसुण्डा, राउटेलगायत जातिका लागि लक्षित गरिएको छ । उक्त कार्यक्रमबाट तराईमा प्रतिजिल्ला २०० देखि १० हजार र पहाडमा ५० देखि १०० जनता आवास एकाइ बनाउने योजना छ । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑