• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रहरीविरुद्ध विरगन्जमा किसान आन्दोलित, मुख्यमन्त्रीको जवाफ पाउँदा अचम्मित

  • वीरगंज संजाल
  • २१ पुष २०७६, सोमबार १५:१९
  • ५५६७

     वीरगन्ज | वीरगन्ज ३१ वेल्वाका किसानहरुले प्रहरी ज्यादतीविरुद्ध वीरगन्जमा प्रदर्शन गरेका छन् । वेल्वाका करिब २ सयको संख्यामा रहेको किसानहरु वीरगन्जको घण्टाघर चोकमा हिजो (आइतबार) पर्सा प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका हुन् ।

    घण्टाघरबाट निकालिएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडी समेत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरविरुद्ध नाराबाजी गरेका छन् । प्रहरी उपरीक्षक राठौरले किसानमाथि ज्यादती गरेको भन्दै उनीहरुले कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

    आफ्नो गुनासो लिएर किसाहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । तर, जिल्ला प्रशासन पुगेका किसानहरुले प्रमुख जिल्ला अधिकारी भेट्न पाएनन् । त्यसपछि उनीहरु पुनः नाराबाजी गर्दै जिल्ला समन्वय सिमिति कार्यालय अगाडी पुगेर धर्ना दिएका थिए ।

    दिउँसो जिल्ला समन्वय समितिमा ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको बैठकमा सहभागी हुन गृह जिल्ला आएका प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई आफ्नो गुनासो सुनाएका थिए । उनीहरुले प्रहरीले झुठा आरोपमा ट्याक्टर नियन्त्रणमा लिएको गुनासो मुख्यमन्त्री राउत समक्ष पोखेका थिए ।

    ‘बैंकबाट ऋण लिएर किनेको ट्याक्टर हो । त्यसैबाट बालबच्चा र परिवारको पेट पाली रहेका छौं ।’ मुख्यमन्त्री राउत सामु दुःखसो पोख्दै बेल्वाका शेख भिखारीले भने ।

    उनले सीमा नाकाबाट ८ किलो मिटरको दुरीमा छ लालपर्सा गाउँ । प्रहरीले त्यहाँबाट ट्याक्टर नियन्त्रणमा लिएको हो । तर बयानपत्रमा सीमा नाकाबाट पक्रेको भनेर जबरजस्ती सहिछाप गर्न लगाएको छ ।

    यता किसानहरले मुख्यमन्त्री राउतलाई आफ्नो गुनासो सुनाइ रहँदा मुख्यमन्त्री राउतले भने जनकपुरमा रहेको मुख्यमन्त्री कार्यालयमा आएर आफुलाइ भेट्न जवाफ दिएका छन् । मुख्यमन्त्रीको यस्तो जवाफ आउँदा आन्दोलित किसानहरु निराश भएका थिए ।

    ‘यो घटनामा प्रहरीको नियत ठिक देखिएको छैन । यस विषयमा प्रहरी महानरीक्षक सर्वेन्द्र खनालसँग टेलिफोनमा कुरा गरिसकेको छु’, मुख्यमन्त्री राउतले भने–‘अब तपाईहरु एकपटक जनकपुर आएर मलाई भेट्नुस् म पहल गरौला ।’

    मुख्यमन्त्री राउतको यस्तो जवाफ पाएपछि किसानहरु निरास भएको बेल्वका शेख भिखारीले बताए ।

    उनले भने–‘आफ्नै जिल्लाका मुख्यमन्त्री हुन् । बैठकमा एसपी र सीडीओ पनिसँगै छन् तै पनि मुख्यमन्त्रीले जनकपुर आउनुस् भनेर टार्नु भयो । सीडीओ र एसपीका सामु मुख्यमन्त्री पनि निरिह देखिनुभयो ।’

    प्रहरीले ट्याक्टर नछाडेसम्म वीरगन्जमा प्रदर्शन गर्ने वेल्वाका अगुवा सुलेमान अन्सारीले चेतावनी दिए । अभियानको बैठकबाट निस्केका एसपी राठौरलाई मुल गेटमा धर्नामा बसेका प्रदर्शनकारीले बाहिर जान नदिएपछि प्रहरीले लाठी चार्ज समेत गरेको थिए । लाठी चार्जबाट आधादर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

    भारततर्फ तस्करी गर्न लागिएको आरोपमा प्रहरीले बालुवा लोड गरेको ६ वटा ट्याक्टर नियन्त्रणमा लिएपछि वेल्वाका किसानहरु आन्दोलित भएका हुन् । गत शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साबाट बालुवा लोड गरिएका ६ वटा ट्याक्टरसहित चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रहरीले लालपर्साबाट ना ४ त ४३६५, ना ७ त ३०६, ना ४ त ९२८६, ना ६ त ५४८१, ना ४ त ५३०० र ना ३ त ९३९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा भारतमा अवैध रुपमा बालुवा चोरी निकासी गर्न लागिएको भन्दै प्रहरीले ट्याक्टरसहित ट्याक्टरका चालक वीरगन्ज ३१ बेल्वाका शेख जावेद, शेख जफरुदिन, रघुनन्दन साह, वीर लक्ष्मण साह कानु, शेख सद्दाम र मोहमद कलामुदीन पक्राउ गरेको थियो ।

    नियन्त्रणमा लिइएका ट्याक्टर आवश्यक कारवाहीका लागि प्रहरीले वीरगन्ज भन्सार कार्यालयमा बुझाइसकेको छ भने ट्याक्टर चालकहरुलाई शुक्रबार नै छाडेको थियो ।

    नेपालको खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरी भारततर्फ चोरी निकासी गरेर लैजाँदै गरेको अवस्थामा बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।

    ‘भारततर्फ तस्करी गर्न लैजाँदै गरेको अवस्थामा बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएका हौं’, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने–‘बयानमा चालकहरुले पनि यो कुरा स्वीकारी गरेका छन्, त्यसैले बालुवासहितको ट्याक्टर आवश्यक कारवाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सारमा पठाई सकेका छौं । चालकलाई भने बयानपत्रमा हस्ताक्षर गराएर वडा अध्यक्षको जिम्मामा पठाई दिएका हौ ।’

    तर, ट्याक्टरका चालक र धनीले भने बाराको बकुलियास्थित दुधौरा खोलाबाट प्रति ट्याक्टर ८ सय २५ रुपैयाँको रसिद काटेर बालुवा लिएर वीरगन्जको नगवामा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले तस्करी गर्न लागेको भन्दै नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

    खोलाका ठेकेदारलाई शुल्क तिरेको रसिद देखाउँदा पनि प्रहरीले टेरेनन्, उल्टै चालकहरुलाई कुटपिट पनि गरेर प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरका चालक शेख सद्धामले भने–‘त्यसपछि अगाडि पछाडि प्रहरीको स्कर्टिग राखेर सिधैँ जिल्ला प्रहरी कार्यालयमा पु¥याएर हामीलाई थुनेर राखे ।’

    प्रदर्शनक क्रममा ट्याक्टर चालक शेख जफरुदीनले प्रहरीले ट्याक्टरहरु भारतीय सीमा नाकाबाट ८ किलोमिटर उत्तर रहेको लालपर्सा गाँउबाट नियन्त्रणमा लिएको बताए । तर, बयानपत्रमा भने भारतको सीमा नजिकै श्रीसिया गाउँबाट पक्राउ गरेको भनेर जबरजस्ती हस्ताक्षर गराएर आफूहरुलाई छाडेको बताए ।

    प्रहरीले कुटपिट गरेर जबरजस्ती बयानमा हस्ताक्षर गर्न लगाएको भन्दै उनले भने–‘प्रहरीले नियन्त्रणमा लिएका चालक सद्दाम र कलामुदीनले हस्ताक्षर गर्न मानेनन्, प्रहरीले सार्वजनिक मुद्दा चलाउने धम्कि पनि दियो तै पनि उनिहरुले हस्ताक्षर गरेनन् । बेलुकी वडा अध्यक्षको जमानीमा उनिहरुलाई प्रहरीले छाडेको थियो ।’

    झुठा आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर छाड्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई शनिवार भेटेर गुहार्दा पनि कुनै सुनुवाइ नभएपछि आइतवार प्रदर्शनमा उत्रिन बाध्य भएको ट्याक्टरका चालक र धनीहरुले बताए । Thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बी.पी. उद्यानको बजार छपकैयाँमा सर्ने तयारी अन्तिम चरणमा
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बी.पी. उद्यानको बजार छपकैयाँमा सर्ने तयारी अन्तिम चरणमा

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    बी.पी. उद्यानको बजार छपकैयाँमा सर्ने तयारी अन्तिम चरणमा

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बी.पी. उद्यानको बजार छपकैयाँमा सर्ने तयारी अन्तिम चरणमा

    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑