• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ट्रेजरी ह्याक गरी कृषि विकास बैंकको पाँच अर्ब लुट्ने योजना तुहियो, मुख्य एजेन्ट पक्राउ

  • वीरगंज संजाल
  • २१ पुष २०७६, सोमबार ११:३४
  • ४९२९

    नेपालका वाणिज्य बैंक ह्याकरको निसानामा परेका छन् । अर्काको नामको खाताबाट रकम ट्रान्सफर गरी चोरी हुने क्रम बढेको छ । यसैक्रममा नेपालको वित्तीय संस्था ह्याक गरी करोडौँ रुपैयाँ चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य सहयोगी दीपक नेपाल पक्राउ परेका छन् । मोरङ रंगेली–२ का ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार नाइजेरियन नागरिक ‘कालेदाइ’ भनिने पिटर हर्मन असेन्गाले नेपालकै सहयोगमा कृषि विकास बैंकको ट्रेजरी ह्याक गरी पाँच अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । पहिलो चरणमा उनीहरू बैंकको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न ११ व्यक्तिको बैंक खातामा ट्रान्स्फर गर्न सफल भइसकेका थिए । दीपकको बैंक खातामा एक करोड रुपैयाँ ट्रान्स्फर भएको थियो ।

    गल्फुटारस्थित कृषि विकास बैंकको शाखा कार्यालयबाट आइतबार दीपकले ट्रान्स्फर भएको सोही रकम सहयोगीमार्फत झिक्दैगर्दा पक्राउ परेका हुन् । महाशाखाका एसपी मुकेशकुमार सिंहले सहयोगीमार्फत रकम झिक्ने क्रममा उनी पक्राउ परेको जानकारी दिए । ‘गल्फुटारस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा उनको सहयोगी चेक साट्न आएको खबर प्राप्त भयो । उनले एक सहयोगीलाई चेक साट्न पठाएका रहेछन् । त्यहीवेला उनलाई पक्राउ ग-यौँ । उनैमार्फत दीपक नेपाल समातिएका हुन्,’ उनले भने ।

    सामाजिक सञ्जालमार्फत साढे १४ करोड ठगी
    प्रहरीका अनुसार नेपालकै सहयोगमा पिटरले सामाजिक सञ्जाल भाइबर, इमो, फेसबुक र ह्वाट्सएप प्रयोग गरी १५ नेपालीबाट १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ ठगी गरेका थिए । यस धन्दाका लागि पिटरका खास सहयोगी ब्रिटिस नागरिक स्मिथ मोरिस थिए । उनीहरूले नेपालमा धन्दा सञ्चालन गर्न ४० एजेन्ट नियुक्त गरेको खुलेको थियो । दीपक नेपाल तिनैमध्येका एक हुन् ।

    महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बैंक ह्याक मात्र नभई सामाजिक सञ्जाल दुरुपयोग गरी करोडौँ रुपैयाँ ठगी गर्न अन्तर्राष्ट्रिय गिरोहलाई नेपालबाट सघाउने मुख्य अभियुक्त दीपक नेपाल नै रहेको बताए । ‘कृषि विकास बैंक ह्याक गरी अर्बौँ रुपैयाँ चोरी गर्ने कार्यमा अन्तर्राष्ट्रिय गिरोहलाई नेपालबाट सघाउने दीपक नै रहेको खुलेको छ । त्योसँगै सामाजिक सञ्जाल प्रयोग गरी १५ जना नेपालीबाट १५ करोड रुपैयाँभन्दा धेरै करम ठगी गर्ने कार्यमा पनि यसैले सहयोग गरेको देखिन्छ,’ थापाले भने ।

    १७ वाणिज्य बैंक प्रहरी निगरानीमा
    सामाजिक सञ्जालका साथै कृषि विकास बैंक ह्याकिङ प्रकरणमा एउटै समूह जोडिएपछि प्रहरीले यी समूहबाट कारोबार भएका १७ वटा वाणिज्य बैंकलाई निगरानीमा राखेको छ । कृषि विकास बैंक काण्डमा जोडिएका नाइजेरियन नागरिक पिटर हर्मन असेन्गाको संलग्नता पछिल्लो सामाजिक सञ्जालमार्फत ठगी प्रकरणमा समेत जोडिएको देखिएपछि प्रहरीले बैंक ह्याकिङ र सामाजिक सञ्जालबाट भइरहेको ठगीलाई सँगसँगै अनुसन्धान गरिरहेको छ । नेपाली एजेन्टले बैंक अफ काठमाण्डू, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन्स, नबिल, लुम्बिनी विकास, माछापुच्छ्रे, एसबिआई, नेपाल बंगलादेश, ग्लोबल आइएमई, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंकमा खाता खोलेर कारोबार गरेको पाइएको छ ।

    चिनियाँलाई एक–एक हजार जरिवाना, निष्कासनको तयारी
    अन्तर्राष्ट्रिय साइबर अपराधको आरोपमा पक्राउ परेका एक सय २२ चिनियाँलाई सरकारले निष्कासनको तयारी थालेको छ । उनीहरूमाथि प्रहरी अनुसन्धान सकिएकाले निष्कासन गर्न लागिएको हो । पक्राउ परेकाहरूले नेपालमा गरेको कुनै कसुर नभेटिएको प्रहरीको दाबी छ । यद्यपि, प्रहरी स्रोत भने उनीहरूमाथि विस्तृत अनुसन्धान नै नभएको बताउँछ ।

    अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले उनीहरूमाथिको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएकोमा जिल्ला प्रशासन कार्यालयमा आइतबार मुद्दाको फैसला गरेर प्रतिव्यक्ति एक÷एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जरिवानाको फैसला सुनाएको हो । मुद्दा दायर गरेकै दिन सामान्यतया फैसला हुँदैन । ‘पक्राउ परेका चिनियाँले अपराध स्वीकार गरेकाले थप अनुसन्धानको आवश्यकता नभएर फैसला गरिएको हो,’ दाहालले भने, ‘सबैले जरिवाना बुझाएका छन् ।’ अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भए पनि न्यूनतम जरिवाना गरिएको छ ।

    जरिवाना बुझाए पनि उनीहरूलाई रिहा गरिएको छैन । प्रहरी हिरासतमै छन् । सोमबार उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी छ । विभागले भिसासम्बन्धी कसुरमा जरिवाना गराई निष्कासन गर्न लागिएको छ । बुधबार उनीहरूको निष्कासनको सम्भावना रहेको अध्यागमन विभागका एक अधिकारीले बताए । उनीहरूलाई लैजान चीनले दुईवटा चार्टर्ड विमान ल्याउँदै छ । जसमा चिनियाँ सुरक्षाकर्मी समेत आउनेछन् । गत ७ पुसमा पक्राउ परेका चिनियाँहरूले काठमाडौंमा घरहरू भाडामा लिएर इन्टरनेटमार्फत ठगी, जुवाको अवैध कारोबार गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑