वीरगञ्ज नाका भएर नेपाल आउने पर्यटकको संख्या बढ्दै. सरकारले पर्यटकको मनोरन्जनका लागि आवस्यक वातावरण बनाउन जरुरी!
वीरगंज संजाल
२० पुष २०७६, आईतवार १८:३७
६७९३
वीरगञ्ज। सरकारले सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा नै तराईको मुख्य नाका वीरगञ्जमा उत्साह देखिएको छ । भ्रमण बर्षको सुरुवातसंगै वीरगञ्ज नाका भएर नेपाल आउने पर्यटक र यातायातको संख्यामा क्रमश बृद्धी हुन थालेको छ ।
सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सुरु गरेको भ्रमण बर्ष २०२० को सुरुवातमा नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगञ्जबाट नेपाल भित्रने पर्यटकको चाप देखिएको छ ।
नेपालमा घुम्न आउने पर्यटकको संख्या हेर्ने हो भने भारतीय पर्यटकको संख्या धेरै छ । वीरगञ्ज भन्सारबाट डिसेम्बरको अन्तिम दिन र जनवरीको पहिलो दिन मात्र दुई पाङग्रे र सानो ४ पांग्रे सवारी साधन मात्र ३४ सय भित्रिएका छन् ।
यसै गरी, चार चक्के सवारी, कार, भ्यान लगायत करिब ९ सय ५० को संख्यामा नेपालमा प्रवेश गरेको गरेका छन् । यसैगरी वीरगञ्ज भन्सार नाकाबाट ४ जना बाहिरी पर्यटक नेपाल प्रवेश गरेका छन् ।
सो नाकाबाट अष्ट्रेलिया, फ्रान्स, चाईना तथा अमेरिकाबाट एक–एक जना पर्यटक नेपाल प्रवेश गरेका छन् । दुई दिनमा मात्र करिब २० हजारको हाराहारीमा भारतीय पर्यटक वीरगञ्ज नाकाबाट मात्र नेपाल प्रवेश गरेका छन् ।
यता छिमेकी देशबाट आउने पर्यटकलाई लक्षीत गरी होटल ब्यवसायीले समेत काम सुरु गरेका छन् । प्रदेश समन्वय समितिसंगको सहकार्यमा होटल ब्यवसायी संघले ४० पर्यटकिय स्थलको छनौट गरी प्रचारको काम भईरहेको छ ।
नेपाल आउनेको संख्यालाई आधार मान्ने हो भने नेपाल आउने पर्यटक भारतिय धेरै छन् । तर सरकारले लागु गरेका बिभिन्न नियम र मुद्राको समस्याले भने पर्यटकलाई सास्ती छ । सरकारले यस्ता समस्या निराकरणमा पहल गरे भारतीय पर्यटकको संख्या अझै बड्ने पर्यटकहरुलेनै बताएका छन् ।
नेपाल र भारत सिमा र संस्कृती दुवैमा छिमेकी हुन् । बिगतका बर्षका तथ्याङ्कले समेत भारतीय पर्यटकनै नेपालमा धेरै आउने गरेको प्रमाणीत गरिकेको छ । बिभिन्न कारणले भ्रमण बर्षमा पनी भारतिय पर्यटकको योगदान धेरै हुने निश्चित छ । तसर्थ सरकारले पर्यटकको मनोरन्जनका लागि आवस्यक वातावरण बनाउन जरुरी छ ।रासस emountentv