वातावरण जिउने आधार संस्थाले शनिबार सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
वीरगंज संजाल
१९ पुष २०७६, शनिबार २१:२४
६०२०
वीरगंज । वातावरण जिउने आधार संस्थाले शनिबार सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सो सरसफाई वीरगंज महानगरपालिका वडा नं. १२ को कार्यालय वरपरको टोलहरुमा गरिएको थियो ।
सो कार्यक्रम वातावरण जिउने आधार संस्थाको पर्सा शाखा अध्यक्ष रोहित वर्णवालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वडा नं. १२ का अध्यक्ष रामदरश प्रसाद रहनु भएको थियो । सो कार्यक्रममा टोलबासीहरुलाई फोहरमैलाको व्यवस्थापन कसरी गर्ने सम्बन्धमा तथा जथाभावी फोहरमैला गर्दा हुने असरहरुको बारेमा जानकारी समेत गराइएको थियो ।
कार्यक्रममा वडा नं. १२ को कार्यसमिति सल्लाहकार घनश्याम साहले विशेष सहयोग गर्नु झएको थियो ।
कार्यक्रममा संस्थाका केन्द्रिय कार्यत्रम संचालक रोशन पटेल, पर्सा शाखाका सह–सचिव दिपु वर्णवाल, कार्यक्रम संचालक प्रभाकर चौरसिया, कोषाध्यक्ष साहिद नवाज, सदस्य मयंक रौनियार, आयुष वर्णवाल, शुशिल कुशवाहा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरीहरु, वीरगंज महानगरपालिकाका नाइके तथा सरसफाई टोलीहरु लगायत स्थानीय बासीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको संचालन संस्थाका प्रभाकर चौरसियाले गरेका थिए । संस्थाका अध्यक्ष वर्णवालले यस्तो कार्यक्रम आउने शनिबार पनि गरिने जानकारी गराएका थिए ।