वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चाेक स्थित रहेको ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा बिहिबार राती चाेरी भएकाे छ ।
रातीकाे समयमा स्कुलमा कोहि नभएको अवस्थामा अज्ञात समुहले स्कुलकाे कार्यालय र लेखा शाखाकाे ताला हेक्सा ब्लेडले काटेर चोरी गरेका छन् । स्कुलको कार्यालय कोठामा रहेको डेस्टप ३ थान, सिप्यु २ थान लगायतका सामग्री चाेरहरुले चोरेर लगेका छन् भने सिसिटीभी फुटाई क्षतीग्रस्त बनाएको पडित स्कुलका संचालक सुदिल पटेलले बताए ।
शुक्रबार बिहान स्कुलमा जादा सामान चोरी भएको हेर्दा अच्चम लागेका प्रिन्सपल समेत रहेका संचालक पटेलले बताए । प्रहरीले घटना स्थलमा पुगी क्षतीपुर्तीको विवरण संकल गरी चाेरहरुकाे खाेजितलाशमा लागेकाे ईलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ ।
इलका प्रहरी कार्यालय लंगडी नजिकै रहेकाे स्कुलमा चोरी हुनु दु:खद कुरा भएकाे स्थानियहरुले गुनासो गरेका छन । प्रहरीले गर्ने रातीकाे समयकाे गस्तीमा चाेसाे माैसमा कमी आएका कारण केही समय यता रुकेकाे चाेरीकाे घटना फेरी सुरु भएकाे हुन सक्ने स्थानियहरुकाे भनाई छ । kalikatimes