पर्सा | वीरगञ्जमा रहेको र्सिसिया नदीको सफाई गर्नुपर्ने माग गर्दै बिहीबार घण्टाघरमा बिरगञ्ज प्रदूषण मुक्त अभियानकर्मीहरुले धर्ना दिएका छन्। उनीहरुलेवीरगञ्जमा रहेको घण्टाघरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिएका हुन।अभियानका संयोजक सुरेन्द्रप्रसाद कुर्मीले नदी सफाई माग गर्दै अभियान चालेको बताए।
धर्ना कार्यक्रममा बिरगञ्ज महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष ब्रहम्देव कुर्मी,अनिरुद्ध प्रसाद कलवार,समाजिक अभियन्ता प्रकाश थारु,ब्रिजेशवर प्रसाद चौधरी,जसपाल सिँह,उपभोक्ता मञ्च नेपालका अध्यक्ष दिना गुप्ता,भिजिट मधेसका संयोजक ओमप्रकाह सर्राफ,नेपाल पत्रकार महासँघ पर्साका सचिव युवराज खतिवडा,हरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो।
अभियानले बिरगञ्जमा रहेको र्सिसिया नदीको सफाई गर्नुपर्ने भन्दै विभन्न दबाबमुलक कार्यक्रमहरु गर्दै आएको अभियानका संयोजक सुरेन्द्रप्रसाद कुर्मीले बताए।नदी सफाई माग गर्दै अभियानले यसअघि बिरगञ्ज महानगरपालिकामा ज्ञापन पत्र बुझाउनुका साथै गत पुस १३ गते घण्टाघरमै सँकलन गरिएको १५ हजार जनाको हस्ताक्षर पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाएको थियो।
र्सिसिया नदी ३ दशकदेखि बिरगञ्ज पथलैया औधोगिक कोरिडोरमा रहेका उधोगबाट निस्कने फोहोरले दुर्गन्धित बन्दै आएको छ। र्सिसिया नदी एवम बिरगञ्ज प्रदुषणमुक्त अभियानले सर्सिया नदी सफाई गर्नुपर्ने भन्दै कोरिडोरका उधोगबाट निस्किएको धुवाँ धुलोले स्थानीयबासीहरु पिडीत बनेकोले त्यस्ता उधेगमा धुँवाऔ-धुँलो प्रशोधन गर्ने यन्त्र जडान गर्नुपर्ने,बिरगञ्ज १८ सौराहा टोलमा रहेको हाड तथा मासु उधोगबाट निस्कने दुर्गन्धले जनता पिडीत बनेको उधोगबाट निस्कने मासुका टुक्राले र्सिसिया नदी प्रदुषणको शिकार भएकोले त्यस्ता उधोगलाई तत्काल बन्द गर्नुपर्ने,महानगरका सम्पुर्ण नालाबाट निस्कने फोहोर प्रशोधन गरि मात्र र्सिसिया नदीमा खसाल्नु पर्ने लगायतका माँगहरु राखेको छ।
यस्तै अभियानले बिरगञ्ज शहर बाहेकका ग्रामीण वडाहरुमा पनि सफाइकर्मीहरुको उचित प्रबन्ध गर्नुपर्ने, महानगरमा हरेक २ सय मिटरको दुरीमा सार्बजनिक शौचालयको ब्यावस्था गर्नुपर्ने लगायतका मागहरु पनि अघि सारेको छ।
बिरगञ्ज महानगरपालिका लगायत बारा जिल्लामा रहेका औद्योगिक कोरिडोरका दर्जनभन्दा बढी उद्योगले हाल र्सिसिया नदीमा नै फोहोर बिसर्जन गर्दै आएकोले र्सिसिया नदी दुर्गन्धको शिकार बनेको छ।रासस