इन्डोनेसियामा भयंकर बाढीपहिरो आएपछि बिहीवार कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । बढीका कारण हजारौं मानिस थालथलो छोड्न बाध्य बनेका छन् ।
राजधानी जकार्तामा नयाँ वर्ष मनाइरहेका हजारौं मानिसलाई मुसलधारे वर्षाले निथ्रुक्क भिजाएको थियो । जकार्ताको डोमेस्टिक विमानस्थल पनि बन्द भएको छ र त्यहाँ २० हजार यात्रुहरू अड्किएका छन् ।
राष्ट्रिय विपत्ति न्यूनीकरण एजेन्सीका प्रवक्ता एगस विबोवोले बुधवार बताएअनुसार, पानी परेर नदीको जलस्तर बढेपछि कम्तीमा ९० वटा टोलहरू पूरै डुबेका छन् र कोटा डेपोकमा पहिरो आएको छ । lokantar