• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियानमा जोड

  • वीरगंज संजाल
  • २७ मंसिर २०७६, शुक्रबार १५:०२
  • ५१६१

    जनकपुरधाम । जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिइएको छ । आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१औँ पोखरा सडक महोत्सवका सन्दर्भमा आज यहाँ आयोजित सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उक्त अभियानमा जोड दिइएको हो ।

    धार्मिक पर्यटकीय प्रवद्र्धनका दृष्टिले जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिर महत्वपूर्ण तीर्थस्थल भएकाले तीनवटै स्थललाई पर्यटक यात्रा प्याकेजका रूपमा प्रवद्र्धनमुखी अभियान सञ्चालन आवश्यक भएको स्पष्ट गरिएको छ ।

    जनकपुरधाम मिथिला संस्कृतिको उद्गमस्थल भए पनि अन्तरदेशीय पर्यटक यात्रा प्याकेजअन्तर्गत नरहेका कारण जनकपुरधाममा तीर्थयात्रीको बसाइ न्यून हुने भएकाले त्रिस्थलीय पर्यटक यात्रा प्याकेज कोसेढुङ्गे साबित हुने विश्वास गरिएको छ । विगतमा जनकपुर–पोखरा र पोखरा–जनकपुर विमानस्थल तथा स्तरीय बस सञ्चालनको बहस गरिए पनि सार्थकता ग्रहण नगरिएका कारणको समीक्षा गर्दै यसलाई मूर्तरूप दिन दुवै नगरबीच पर्यटक प्रवद्र्धनको गतिविधिलाई तीव्रता दिन आवश्यकता महसुस गरिएको छ ।

    रेष्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) द्वारा आयोजित छलफल कार्यक्रममा पर्यकीटकीय गतिविधिलाई चलायमान बनाउन र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न आयोजना हुने पोखरा सडक महोत्सवमा मिथिलाको संस्कृति र कलाको प्रदर्शनमा पनि जोड दिइएको छ ।

    रेबानद्वारा आयोजना हुने सडक महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, लोपोन्मुख सांस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, लोकदोहोरी, कन्सर्ट र रत्यौली गीत प्रतियोगिता हुने कार्यक्रम छ ।

    महोत्सवका सहसंयोजक नरेश भट्टराईले मुलुकभित्र हुने मेला महोत्सवमध्येमै सबैभन्दा धेरै पाहुना सहभागी हुने पोखरा सडक महोत्सव नै भएकाले महोत्सवमा सातवटै प्रदेशका सांस्कृतिक, धार्मिक र कला पक्षको प्रदर्शन गर्ने योजना रहेको बताउनुभयो । एसोसिएशनका पूर्वअध्यक्ष गोपिबहादुर भट्टराईले आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने ध्येयसमेत महोत्सवको भएकाले सातै प्रदेशका पर्यटकको उपस्थिति, अवलोकन र प्रचारप्रसारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑