जनकपुरधाम | सर्लाहीमा घुससहित दुई प्रहरीका पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दुवैजना प्रहरीलाई मंगलबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासले जनाएको छ ।सर्लाहीको त्रिभूवन नगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र एरिया प्रहरी चौकीका घुमुवा प्रहरी जवान मनोजकुमार यादव भारतीय सीमा नाकाबाट नेपाल तर्फ घरायसी सामान भित्र्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।
उनीहरु सेवाग्राहीसँग घुस मागको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले प्रहरी नायब निरीक्षक सिंहले उक्त घुस रकम लिन प्रहरी जवान यादवलाई पठाएको अवस्थामा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ४ स्थित सगरमाथा बोडिङ स्कूलबाट पक्राउ परेका हुन् ।प्रहरी नायब निरीक्षक सिंहलाई प्रहरी चौकीबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। dheshsanchar