नेपाली नागरिकता लिन खाेज्ने भारतीय युवा र उनका नेपाली ससुरा पक्राउ
वीरगंज संजाल
२५ मंसिर २०७६, बुधबार ११:१३
६७१५
धनुषा । नेपाली नागरिकता बनाउन आएका दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका २ जीतनारायण यादव र उनका ज्वाइँ भारतको विहार राज्य मुजफरपुर ग्राम शंकर पुर बस्ने सुनिल कुमार यादव छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्दा सोधपुछको क्रममा ससुरा र ज्वाइँलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्दा सोधपुछको क्रममा शंकास्पद जफाव दिएपछि ससुरा जितनारायणले ज्वाइँ भारतीय नागरिक सुनिलको नागरिकता बनाउन आएको फेला परेको प्रजिअ कणेलको भनाइछ ।
उनका अनुसार पक्राउ परेकाले धनुषाधाम नगरपालिका वडा नंं २ का वडाध्यक्ष प्रभुनारायण साहले नागरिकता बनाउन सिफारिसका लागि १० हजार रुपैयाँ घुस लिएका छन् ।
भारतीय नागरिकलाई नागरिकताको लागि सिफारिस गरेकोमा वडाध्यक्ष साहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकिएको प्रजिअ कणेलले जानकारी दिए ।
दुवैजनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको र भारतीय नागरिकलाई नागरिकताको लागि सिफारिस गर्ने वडाध्यक्ष साहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकिएको प्रजिअ कणेलले जानकारी दिए । mahotripost